भोली सार्वजनिक विदाको घोषणा
प्रदेश २ सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा प्रदेश २ को विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएको हो ।

२०७७ माघ ४ आइतबार, दिउँसो १:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सरकारले भोली (सोमबार) सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मुख्यमन्त्रीको प्रदेश सँचार सचिवालयको अनुसार सोमबार अर्थात यस वर्षको माघ ५ गते (भोली) मनाइने बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरिएको हो ।
प्रदेश नम्बर २ का मुख्यमन्त्रीको सँचार सचिवालयको अधिकारिक पेजमा माघ ५ गते सार्वजनिक विदा घोषणाको जानकारी अपडेट गरिएको हो । मधेश आन्दोलनको क्रममा शहादत दिएका वीर शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघमा बलिदानी दिवस मनाउँदै आएको छ ।
माघ ५ गते सोमबार बलिदानी दिवसको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा रहेको छ ।
Posted by मुख्यमन्त्री सञ्चार सचिवालय, प्रदेश नं. २ on Saturday, January 16, 2021
प्रदेश २ सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा प्रदेश २ को विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएको हो ।
मधेशी शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघको बलिदानी दिवस मनाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…