जसपाका अध्यक्ष उपेन्द्र यादवको एक विवादित अडियो लिक !
जबकी राजकिशोर यादव पार्टीको वरियतामा रेणु यादव, अधिकारी र विजय यादवभन्दा माथि छन्।

२०७७ माघ २ शुक्रबार, बिहान १०:३० बजे२ मिनेट पढाइ
ज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको एक अडियो लिक भएको छ । उनले एक नेतासँग गरेको अडियो लिक भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) ले भोली शनिबार प्रदेश नं. २ को सिरहामा आयोजना गर्न लागेको विरोध कार्यक्रममा नेताहरुको आसन बरियताको लागि गरिएको एक कुराकानी नै विवादित अडियोको रुपमा लिक भउको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) पक्षलाई पेल्दै कार्यक्रममा वरियता मिच्न थालेपछि कार्यक्रम विवादित बनेको हो । पार्टी वरियता क्रममा महेन्द्र यादवभन्दा तल रहेका राजकिशोर यादवलाई सिरहाको कार्यक्रममा तल्लो स्थानमा राखिएपछि एक स्थानीय नेतासँग टेलिफोनमै नोकझोंक भएको सुन्न सकिन्छ ।
लिक भएको अडियो सुन्नुहोस
अडियोमा पूर्व राजपाका नेता राजकिशोर यादव पक्षधर राजाराम यादवसँगको रहेको छ । पार्टी वरियतामध्ये सिरहा जिल्लामा राजकिशोर यादव माथि रहेपनि उपेन्द्र यादवले आफ्ना पक्षधर अर्थात पूर्व संघीय समाजवादी फोरम नेपालका पक्षधरहरुलाई राखेपछि विवाद चुलिएको छ ।
सिरहाको कार्यक्रममा पहिलो वरियतामा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राखिएको हो। चौथो नम्बरमा मात्र राजकिशोर यादवलाई राखिएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…