जनताको काम छाडेर वडाध्यक्ष सुटिँगमा व्यस्त, भन्छन- 'शाहरुख खानभन्दा पनि बढी व्यस्त छु'
उनले भिडियो शुटिँगमै व्यस्त रहँदा जनप्रतिनीधिको कुनै मूल्य मान्यता नभएको गुनासो पनि गरिएको छ ।

२०७७ पुस २८ मंगलबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

सबिन यादव, जनकपुरधाम । वडाध्यक्षमा निर्वाचित भएपछि वडाको कार्य भन्दा पनि म्यूजिक भिडियो सुटिँगमा व्यस्त रहेका एक वडाध्यक्षले आफू शाहरुख खानभन्दा पनि बढी व्यस्त भएको वक्तत्व दिएका छन् ।
प्रदेश नं. १ को विराटनगर महागरपालिका वडा नं. ६ का वडाध्यक्ष विजय कामतले सरकारी लोगो सहितको वडा कार्यालयको फेसबुक पेज बनाएर आफ्नो म्यूजिक भिडियोको प्रचार प्रसार गरिएको देखिएको छ ।
वडाध्यक्ष कामतले कार्यालयको काम छाडेर गीत छायांकनमा व्यस्त रह्ने गरेको आरोप पटक पटक लाग्ने गरेको छ ।
मैथिली अभिनेता संगै वाडा अध्यक्ष विजय कामत माथी लागेको आरोपको बारे वाहा संग सोधदा वाहाले भन्नू भो मलाई खुशी लागछ कि म...
Posted by बिराटनगर महानगरपालिका , वडा नं ६ को कार्यलय on Monday, January 11, 2021
वडाका एकजना वडा सदस्यले समेत सुरुवाती समयदेखि नै वडाअध्यक्षको यहि रवैया रहेको जानकारी गराए । उनले जनताको काम कहिले पनि अध्यक्ष कामतको प्राथमिकतामा नपरेको जानकारी दिए । उनले अध्यक्ष कामतले प्रायः जसो गीतको छायांकनमा सरकारी गाडीको प्रयोग गर्ने गरेको समेत बताए
सोही क्रममा सोमबार पनि वडाको काम गराउन पुगेका स्थानीयहरु वडा अध्यक्ष कामत कार्यालयमा नभएको जानकारी पाए पछी सँचारकर्मीहरुलाई सम्पर्क गरी उनको रबैयाको बारेमा बताउन थाले ।
कैयौं म्यूजिक भिडियोमा अभिनय गरेका वडाध्यक्ष कामतले जनप्रतिनीधिको भूमिका निर्वाहबाट चुकेको बताइएको छ । यसका साथै, उनले नेपाल सरकारको अधिकारिक लोगो (चिन्ह) सहितको वडा कार्यालयका फेसबुक पेजमा उनको प्रचार प्रसार गरिएको पनि देखिएको छ ।
जनप्रतिनीधि भएपछि आम नागरिकको काम कार्य, समाजिक कार्य भन्दा पनि उनले भिडियो शुटिँगमै व्यस्त रहँदा जनप्रतिनीधिको कुनै मूल्य मान्यता नभएको गुनासो पनि गरिएको छ ।
#Bijay_Kamat
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…