जनकपुरः पार्टीभित्रै घुसपैठ गरेको भन्दै नेता साहलाई मँचमै रामधुलाई
जिल्ला सभापतिको निर्देशन वमोजिम प्रमुख अतिथि पुस्पालाता लामालाई राखिएको थियो । पार्टी विपरीत काम गर्ने लाई अब जनता चिनिसकेका छ। अब संगठन बिरोधमा कामगर्ने व्याक्तीलाई तह लगाउछौ महासमिति सद्स्य श्याम महतोले बताए ।

२०७७ पुस २६ आइतबार, बिहान ११:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले आफ्नै नेतालाई रामधुलाई गरेको छ ।
शनिबार धनुषाको हँसपुर नगरपालिकाको बेल्हीमा आयोजना गरिएको काँग्रेसको विरोधसभा कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य राम पल्टन साहले विरोध जनाएपछि रामधुलाई गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघटन गरेपछि काँग्रेसले शनिबार पुस २५ गते देशव्यापी रुपमा गरेको विरोध कार्यक्रम अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. १ को ख द्धारा हँसपुरको कार्यक्रममा साहलाई कुटपिट गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रिय कमिटीको निर्देशन र प्रोटोकल अनुसार प्रमुख अतिथी पूर्व सांसद पुस्पालाता लामालाई राखेपछि साहले विरोध जनाएका थिए । पार्टीलाई बदनाम गराउन पार्टी भित्र घुसपैठ गर्ने मानसिकता राखेको भन्दै काँग्रेसका समर्थकहरुले रामधुलाई गरिदिएका हुन् ।

“पार्टीलाई असहयोग गरि कार्यक्रम बिथोल्न प्रयास गर्दा जुन प्रोटोकलमा न भएका कुरा जस्तै प्रमुख अतिथि पुर्व सांसद लामा प्रोटोकल अनुसार उच्च स्तरमा भएकाले लामा हुनु पर्ने ठाउँमा गलत सोचले कार्यक्रम बिथोल्न प्रयास गर्दै प्रदेश प्रत्यासी राम उदय यादव हुनुपर्ने पार्टी विपरीत माग गरेपछि यस्तो गरिएको छ । प्रदेश ख सभापति ऋषि लामाले भने ।
कार्यक्रमको जिम्मा मंच व्यवस्थापन खाजा कार्यक्रमको सेडुल हंसपुर नगरपालिका काङ्ग्रेस नगरसमितिको जिम्मा रहेको हुदा विरोध रैली बेल्हीचौक परिक्रमा गरेर विरोध रैली घुमेर मंचिङ्ग कार्यक्रम शुरु गर्न लागेका थिए ।
अचानक मंचमा चढेर प्रमुख अतिथि राम उदय यादव हुनुपर्यो भन्दै तोडफोड शुरुगर्दा कार्यक्रममा सहभागी साथीहरुले सम्झाउन खोज्दा उल्टै हातपात शुरु गरेपछि उनलाई पनि हातपात गरिएको बताइएको छ ।
जिल्ला सभापतिको निर्देशन वमोजिम प्रमुख अतिथि पुस्पालाता लामालाई राखिएको थियो । पार्टी विपरीत काम गर्ने लाई अब जनता चिनिसकेका छ। अब संगठन बिरोधमा कामगर्ने व्याक्तीलाई तह लगाउछौ महासमिति सद्स्य श्याम महतोले बताए ।
स्थानीय प्रहरीले विवादलाई नियन्त्रणमा लिए स्थीति साम्य पारेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…