मधेशका 'प्रवेश मल्लिक' बलिवुडमा , चौतर्फी चर्चा
जनकपुरको मिथिला नाटयकला परिषद (मिनाप) देखि यात्रा सुरु गरेका प्रवेश मल्लिक अहिले बलिवुडमा आफ्नो स्थान बनाउन सफल भएका छन् । उनले कागज फिल्मको लल्लम लाल र बैलगाडी बोलको गीतमा सँगीत भरेका छन् जो की दुवै गीतमा मिथिला मधेशको स्वाद आभाष गर्न पाईन्छ ।

२०७७ पुस २४ शुक्रबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामका प्रवेश मल्लिक बलिवुडमा फड्को हानेका छन् । यसअघि पनि बलिवुड फिल्ममा सँगीत भरेका प्रवेश मल्लिक यसपाली एक फिल्मको गीतहरुमा म्यूजिक दिएर चौतर्फी प्रशंसा बटुलेका छन् ।
सलमान खान फिल्मको बैनर मुनी निर्माण भएको बहुप्रतिक्षित फिल्म कागज का गीतहरुमा प्रवेश मल्लिकले सँगीत भरेका छन् । यसअघि बलिवुडको 'जय गँगाजल' र 'जबररिया जोडी' बलिवुड फिल्ममा समेत सँगीत दिएका प्रवेश मल्लिकले सलमान खानको फिल्म कागजको गीतमा सँगीत भरेर बलिवुडमा आफ्नो पहुँच बनाउन सफल भएका छन् ।
वास्तविक जीवनमा आधारित फिल्म कागजमा बलिवुडका दिग्गज कलाकार पँकज त्रिपाठीको मुख्य भूमिका रहेको फिल्ममा भरिएको गीतहरुमा भने प्रवेश मल्लिकले मिथिला मधेशका स्वाद भरिदिएका छन् ।
जनकपुरको मिथिला नाटयकला परिषद (मिनाप) देखि यात्रा सुरु गरेका प्रवेश मल्लिक अहिले बलिवुडमा आफ्नो स्थान बनाउन सफल भएका छन् । उनले कागज फिल्मको लल्लम लाल र बैलगाडी बोलको गीतमा सँगीत भरेका छन् जो की दुवै गीतमा मिथिला मधेशको स्वाद आभाष गर्न पाईन्छ ।
सलमान खानको फिल्ममा प्रवेश मल्लिकले प्रवेश पाएको भन्दै समाजिक सँजाल अहिले चर्चाको विषय बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…