त्रिपालभित्र थन्काइएका रेलको भाडा ३०० रुपैयाँ !
तर विज्ञापन नै रद्द गरेर आवेदन दिएकाहरूसँग रेल्वे कम्पनीले ठूलो बेइमानी गरेको छ ।

२०७७ पुस २४ शुक्रबार, बिहान ११:१४ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कैयौं महिनादेखि धनुषाको इनरर्वा हल्टमा पार्क गरी राखिएको नेपाल रेल्वेको भाडा दर भने तोकिएको छ ।
नेपाल सरकार तथा जनसंख्या मन्त्रालय जनकपुर– जयनगर रेल आएको महिनौं बितिसक्दा पनि चल्न नसकेको रेल्वेको भाडा भने ३०० रुपैयाँ सम्म तोकिएको हो । कहिलेदेखि रेल चल्ने कुराको निश्चित नभएपनि भाडादर तोकिएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले भने माघभित्र जसरी पनि सञ्चालनका ल्याउने दाबी गर्छन् । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क छैनन्। किनकी विगत ३ वर्षमा कैयौं पटक रल चल्ने तोकिएको मिति फेल भइसकेको भनेर टुडे एक्सप्रेस राष्ट्रिय दैनिकमा समाचार छ ।
जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैया र एसी बोगीमा ३०० सम्म तोकिएको छ ।
महाप्रबन्धक भट्टराईका अनुसार आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउँछ । उनले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए ।
भट्टराईले भने,‘प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जिटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्त रुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ।’
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…