प्रदेश २ः मालपोतका सुब्बा र लेखनदास घुस सहित रँगेहात पक्राउ
अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मनिराम ज्ञवालीका अनुसार, नासु बराल सहित सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ बस्ने राम सुन्दर महतोलाई पक्राउ गरिएको हो । दुवै जनालाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको जनाइएको छ ।

२०७७ पुस २३ बिहीबार, बेलुकी ५:४० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । प्रदेश नं. २ को सर्लाही जिल्लाका भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बालाई अख्तियारले रँगेहात पक्राउ गरेको छ ।
विहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास स्थित कार्यालयबाट खटि गएको टोलीले मालपोतका नायब सुब्बा बेदनीधि बराललाई घुस सहित रँगेहात पक्राउ गरेको हो । उनका साथै, एक लेखापढी व्यावासायी (लेखनदास) लाई समेत पक्राउ गरिएको हो ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मनिराम ज्ञवालीका अनुसार, नासु बराल सहित सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ बस्ने राम सुन्दर महतोलाई पक्राउ गरिएको हो । दुवै जनालाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको जनाइएको छ ।
जग्गाधनी दर्ता प्रमाण पत्र लालपुर्जामा नाम संशोधन वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको हो । सेवाग्राहीबाट सेवावापतको अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिवासबाट खटेको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका छन् भने नायब सुब्बा बराललाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिएका छन् ।
दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा लगेर अनुसन्धान थालिएको टोली ज्ञवालीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…