'प्रेम होइन विकृति हो भ्यालेन्टाइन डे' : डा. राजेन्द्र विमल
न्यूज ब्यूरो || जनकपुरधाम, २ फागुन । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले प्रणय दिवसलाई विकृति दिवस बताएका छन् । 'प्रेम आफैँमा सबभन्दा सुन्दर तत्व रहेको छ तर यहाँका युवायुवतिले प्रेममा विकृति ल्याइदिएको अवस्था छ'-उनले भने । आज न्यूज ब्यूरो सँग कुराकानी गर्दै डा. विमलले भने, 'प्रणय दिवस अर्थात भ्या

२०७४ फागुन २ बुधबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ फागुन । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले प्रणय दिवसलाई विकृति दिवस बताएका छन् ।
'प्रेम आफैँमा सबभन्दा सुन्दर तत्व रहेको छ तर यहाँका युवायुवतिले प्रेममा विकृति ल्याइदिएको अवस्था छ'-उनले भने ।
आज न्यूज ब्यूरोसँग कुराकानी गर्दै डा. विमलले भने, 'प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको मौका छोपी अश्लिलताको प्राकाष्ठा प्रदर्शन गर्नु प्रेम दिवस भनेर झुमिन्छ यहाँ, यो प्रेम होईन यो विकृति हो ।'
प्रेम आपरुपी उत्पन्न हुने स्वच्छ र पवित्र भावना हो जसलाई भ्यालेन्टाइनको रुप दिएर विकृति बनाएको छ ।
प्रेम गर्ने चिज होइन, प्रेम दुई आत्माको मिलनपछि उत्पन्न हुने स्वच्छ र पवित्र आभाष हो, जो आफैँ उत्पन्न हुन्छ त्यसलाई कसैले मिटाउन सक्दैन, जसलाई हामी बनाउँछौ मिटाउन त्यसलाई नै सकिन्छ ।
'प्रेममा पवित्रता कायमै हुन्छ, यदि सत्य हो भने तर यहाँ पश्चिमी सभ्यतालाई लादेर सँस्कृति विनासको तर्फ लगिदै छ । यसको लागि अगुवाहरुले, नागरिक समाजले समयमै सचेतना नअपनाए सँस्कृति लोपको लागि समय धेरै कम पर्नेछ' - उनले थपे ।
'प्रेम गर्नु पाप होइन, प्रेम त आफँमा अति पवित्र र अतुल्नीय हुन्छ, तर प्रेममा जुन रुपले अहिले विकृमि ल्याउँदैछ त्यो कत्तै न कत्तै समाजिक रुपले विध्वसँको भावनालाई उजागर नै गरेको छ ।'
अभिभावकले पनि उत्तिकै सजग हुनु जरुरी छ जति की नागरिक समाजका अगुवा, सँस्कृति विद र आफैँमा पनि सँस्कृति जीवन्तको लागि सचेतना जरुरी छ ।
प्रेम दिवसमा विकृतिलाई मूर्त रुप दिनको लागि आजका दिन यूवायूवतिहरुले सार्वजनिक ठाउँमा अश्लिलता प्रकट गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…