मन्त्री जि तपाइँले सत्ताको लागि जनता मार्नु भयो । मैंले तपाईंलाई मार्दा हुन्छ ?
तपाईलाई रामा गेट अगाडि म कुर्दै हुन्छु । रातो बुलेरोमा । आउनुस त्यसपछि बाबाको ढावामा गएर तपाईं र मेरो हिसाब त्यहि सक्काउला !!

२०७७ पुस १८ शनिबार, बिहान ११:०८ बजे६ मिनेट पढाइ

गर्मिले हद गरेको छ । पसिनाले भिजेको गमछा निचोडे । हाफ् बोइल एग र मसाला चिया अडर गरे । भित्रको कुनाको टेवलमा बसे र चुरोट सल्काएर पहिलो पप लिए । म निकै आनन्द महसुस गर्दै छु । तपाई लाई म कहाँ छु जस्तो लाग्यो होला ?
सुन्नुस म तपाईको धृत उत्सुकता बढ्न दिने छैन र भन्दिहाल्छु । म अहिले जानकि मन्दिरको उत्तर ढोका सामुन्ने चन्दे लस्सि भण्डार निर छु । आउनुस् चिया संगै तपाई र म मिसनमा लाग्नु पर्ने छ । तपाईलाई मिसन बारे पनि बताउँला । ओ महासय कहाँ हराउनु भएको ? सुन्नुस्, मेरा कुराहरु । मुखको माक्स खोल्नुस् ।
चुरोट लिनुस् ।सल्काएको चुरोट पास गरे । तपाई न घबराउनुस् । यो मिसनमा तपाईं र म संगै रहने छु । बस कामको बाड्फाड् गरौँ । तपाइलाई काम वापत जति चाहिन्छ त्यति दिने छु । तर काम बिग्रिए तपाईलाई म स–सम्मान सेतो कात्रोमा घर फर्काउने छु । त्यसैले ध्यान दिएर सुन्नुस मेरा कुराहरु । तपाई र म यहाँबाट विध्यापति चौक हुदै मालपोत गेट भन्दा १०० मिटर अगाडि रोक्किने छौ । तपाइ त्यहाँबाट भाग्न पाउनु हुने छैन । तपाई उत्रिएर दाजु भाई क्याफे पस्नु हुने छ । बस त्यहाँ चिया र चुरोट् पाइन्छ । तपाईलाई चियाको मगमग बास्नाले चुस्कि लिन मन लाग्न सक्छ ।
हुन्छ चियाको चुस्कि लिन सक्नु हुन्छ । त्यहाँ एक हुल केटाहरु रहनेछन् । तर न आत्तिनुस् ति सबै मेरा केटाहरु हुन्। तपाई त्यहाँ ठिक २० मिनेट बस्न पाउनु हुनेछ । तपाईलाई कालो लुगा लगाएको कालो माक्स लगाएको कालो वर्ण भएको एउटा भाईले कालो ब्याग दिने छ ।
महासय सुन्दै त हुनुहुन्छ नि ? लिनुस् अर्को चुरोट पनि सल्काउनुस् , तपाईले त्यो व्याग खोल्ने प्रयत्न गर्दै नगर्नु होला । त्यहाँ खोल्ने इच्छा मात्र पनि जनाउनु भयो भने ति एक हुल केटाहरु तपाई माथि जाई लाग्ने छन् ।
अँ साँच्ची तिनिहरु सबै संग भरुवा बन्दुक र राइट् हन्टको धारिलो चक्कु समेत छ । होस् गर्नुहोस् । तपाई बिस मिनेट पस्चात मालपोत सम्म हिड्दै आउनु पर्ने हुन्छ । त्यहाँ एउटा हिरो होन्डाको एक्टिभा स्कुटर रहने छ ।
ठिक मालपोतको गेट अगाडि २ जना केटाले तपाईलाई स्कुटरको साँचो दिने छ । तपाई त्यहाँ बाट रफ्तारमा आउनुहोला तर ख्याल राख्नुस लोकल केटाहरुले तपाईलाई कदम चौक देखि पिच्छा गर्ने छन् । ति सबै मेरा केटाहरु हुन् । नघबराउनुस् तपाईं सिधै भानुचौक हुदै मिलसेरिया आइपुग्दा होटल रामा देख्नु हुनेछ । तर गेट भित्र पस्नु अगाडी तपाईलाई केटाहरुले केहि धारिलो हतियारले प्रहार गर्न खोज्छन् ।
तपाई पुलिसलाई १०० मा कल गरेर बोलाउनुहोस् । पुलिस देख्ना साथ केटाहरुले तपाईंलाई साइन दिने छन् । स्कुटर लिएर रामा भित्र पस्नु होस् । स्कुटरको डिक्कि खोल्नु होस् । त्यहाँ घनचक्कर र बाथटप रहने छ । त्यो बिच एउटा कटुवा पेस्तोल पाउनु हुन्छ । सुन्नुस त्यो पेस्तोल तपाईले व्यागमा हाल्नुस र सरासर रिसेप्सन मा जानुस् । स्कुटरमा साँचो खुल्लै हुन दिनुस् । रिसेप्सन मा ०५७ अर्थात् सन्ताउन्न भन्नुस् । उसले चक्कु दिने छ र रेष्टुरेन्टमा बस्न भन्ने छ ।
नडाउनुस् रेस्टुरेन्ट खालि रहने छ । किनकि कार्यक्रम पहिलो तल्लामा जारि छ । तपाईलाई इच्छा लागे चुरोट सल्काएर चिया मगाउन सक्नु हुने छ । तपाईसंग बस ३० मिनेट हुने छ ।
त्यो तिस मिनेटमा तपाईले व्याग खोलेर कालो ज्याकेट र कालो माक्स लगाउनु पर्ने छ । ज्याकेट को माथिल्लो खल्तिमा कटुवा र म्यागजिन रहने छ । याद गर्नुस १ तपाईसँग दुइवटा पेस्तोल छन् । तपाईले कुनै एक कटुवा एक एक गरि ७ वटा भर्नु पर्ने हुन्छ ।
भरेर तपाईलाई ठेक्केदार सन्ताउन्न भन्नेर ठिक तिस मिनेटमा २१३ मा बोलाउने छ । तपाई कालो ज्याकेटको बाह्य खल्तिमा कटुवा राखेर हिड्नु हुनेछ । रिसेप्सनको केटाले तपाईलाई त्यहाँसम्म लग्ने छ । तपाई सिड्डि चढ्दै गर्दा बायाँ तिर हलको ढोका खोल्ने छ र बुफरमा इछै मिथिला भन्ने गित जोडस्वर ले घन्किने छ । तपाई ठिक २१३ अगाडि पुग्नु भएसि ढोका नक् गर्नु पर्ने हुन्छ ।
त्यहाँ सेक्युरिटी हुने छ तर नघबराउनुस् त्यो मान्छेले ५७ भन्नेछ र तपाईले मुन्टो हल्लाउनु पर्ने हुन्छ । तपाई भित्र प्रवेश गरे पछि त्यहाँ मन्त्री र मन्त्रीका दुई निकट रहने छन् । त्यहि हो जसले कालन्तरमा मानिसको भोटमा मोज गरेको । तिनै निकट हुनुमान हुन् जसले मन्त्रीको दलालि र भष्ट्रचार लुकाउन नयाँ जुक्ति बाढ्ने । तर मन्त्री एक नम्बरको घटिया हो ।
तिनै मन्त्री हो जसले आश्वासनमा देश र जनतालाई मैसुफ बनाई रह्यो । तपाईले कटुवा निकालेर प्रथम निकट हनुमानलाई सिधै गोलि बायाँ खुट्टाको माथिल्लो भागमा हान्नु हुनेछ । रक्तामे उ चिच्याउने छ तर नघबराउनुस् त्यहाँ बुफर अझ जोडले घन्किने छ ।
तपाईको गोलिले उ घाइते भएको छ । मरेको छैन् । छट्पटाउन दिनुस् कमसेकम मर्न पनि उत्तिकै कठिन होस् जसरि उसले मन्त्रीको आडमा बलात्कार गरेको छ । मानिसको खुसि लुटेको छ । मन्त्री काप्ने छ । र अर्का निकटले परिवार रहेको भिक माग्ने छ । तर छोड्नुस दया गरिब माथि देखाउनुहोला । मन्त्रीसंग प्रश्न गर्नु पर्ने हुन्छ तपाईंले तर त्यो अघि भिक माग्दै गरेको निकटले तपाईं माथि प्रहार गर्ने गिलासमा छररा लाग्दै निकटको हातमा गोली ताक्नुस् । त्यति भएसि अर्को निकटको टाउकोमा गोली ठोक्नुस् ।
याद गर्नुस तपाइ संग ७ गोलि मात्र हुन्छ । हातको रगत रोक्न प्रयास गर्दै गर्दा तपाइले उसलाई नमार्ने आश्वासन दिनुहोला । उसमा हिम्मत आउने छ । तपाईले तिन गोलि खर्च गरि सक्नु भयो । बाँकि ४ गोलि मध्ये एक गोलि भित्तामा हान्नुस् । मन्त्री भग्दैन चुपचाप कटुवा देखाएर खाटमा बस्नु भन्नुस् । र प्रश्न गर्नुस , तिन प्रश्न
१. मन्त्री ज्यु नमस्कार यि मरेका तपाईका भारदारले जनतालाई आश्वासन मात्र दिए, मार्दिए ? मैंले ठिक गरेनि है ? ( उत्तर पर्खनुस र इच्छा लागे चुरोट सल्काउनुस् ।
२. मन्त्री जि तपाइँ ठेक्कादरलाई कार्वाहि किन गर्नु भएन ? हेर्नुस त , रोड्, पुल र योजनाका काम ? हास्दै , मन्त्री जि कमिसन कति ? ( चुरोट सल्किलर बिच भागमा आइपुग्दा अर्को प्रश्न गर्नुहोस् ।
३. मन्त्री जि तपाइँले सत्ताको लागि जनता मार्नु भयो । मैंले तपाईंलाई मार्दा हुन्छ ? ( चुरोटको अन्तिम पप तानेर मन्त्रीको उत्तर अगावै छातीमा गोलि ठोक्नु र हाम्रो मिसन सक्सेसको नाममा मन्त्रीको टाउकोमा अन्तिम गोलि ठोक्नु । सुन्नुभयो । गोलि सक्काउनु भयो नि ? अब एउटा व्यागमा रहेको कटुवा मन्त्रीको निकट को हातमा राख्दिनुस् र तपाइँको हातको कटुवा अर्का घाइतेका हातमा । र सन्ताउन्न भन्दै बाहिरिनु होस् ।
बाहिर रहेको सुरक्षा सुरक्षा गाडले निटकले नै मारेको र आफुले देखेको भन्ने छ । मन्त्री र निकट पैसा र टेन्डर न मिलेको कारण आफैंमा विवाद हुदा मन्त्रीलाई गोलि ठोकेको भन्दै सुरक्षा गाड साक्षी बस्ने छ ।
तपाईलाई रामा गेट अगाडि म कुर्दै हुन्छु । रातो बुलेरोमा । आउनुस त्यसपछि बाबाको ढावामा गएर तपाईं र मेरो हिसाब त्यहि सक्काउला
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…