लाईसेन्सको अनलाईन फाराम भर्दा समस्या भयो ? अब यस्तो गर्नुस !
अब धेरै ध्यान दिनु पर्ने कुरा चाँही अर्काे पनि छ । सबै भरेर तयार हुनु भयाे र Submit बटन मात्रै थिच्न बाँकी छ भने त्याे भन्दा अगाडी एउटा काम गर्नुस् । त्यही बटनसँगै भएकाे Captcha मा रिफ्रेस बटन दिईएकाे छ ।

२०७७ पुस १८ शनिबार, बिहान ८:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था विभागले झण्डै ९ महिनापछि निकालेको नयाँ लाईसेन्सको अनलाईन आवेदनको क्रममा अहिले पनि समस्या देखिएको छ ।
यातायात व्यवस्था विभागको वेभसाईटबाट अनलाईन फारम भर्ने क्रममा कुनै बेला गाउँ त कुनै बेला अँचल नै नलिने गरेको गर्दा सेवाग्राही मार्कामा पर्दै आएको छ ।
आईतबार देखि बुधबारसम्म मात्र विहान ६ बजेदेखि राती १० बजेसम्म खुल्ने अनलाईन फारामको लागि समस्या देखिएपछि यातायात व्यवस्था कार्यालयका कर्मचारी पवन पँजीयारले निम्न उपायहरु अपनाउन आग्रह गरेका छन् ।
के तपाईले सवारी चालक अनुमतिपत्रकाे Form भर्दा समस्या झेलिरहनु भएकाे छ ? जिल्ला वा गाउँ तथा नगर छान्न मिलिरहेकाे छैन् ? तपाईले भाेगिरहेकाे याे समस्याकाे Solution :
Form खुलिसकेपछि सबै भन्दा पहिले अरु केही नभरेर Zone Select गर्नुहाेस् । त्यसपछि केही समय पर्खेर District छान्नुहाेस् । त्यसपछि केही समय फेरी पर्खेर VDC छान्नुहाेस् । र Captcha काे केही माथी भएकाे Zone पनि सेलेक्ट गर्नुहाेस् । साथै केही समय पर्खेर LICENSE ISSUE OFFICE पनि छान्नुहाेस् । फेरी भन्दैछु ।
याे पूरा नहुन्जेल अरु केही नभर्नुस् ।
त्यती पूरा भएपछि अब मात्रै Form सुरु देखी(First Name लेखेकाे ठाउँदेखी) भर्न सुरु गर्नुहाेस् । त्यसपछि पहिला गरेकाे सेलेक्सन केही नचलाउनुहाेस् ।
अब धेरै ध्यान दिनु पर्ने कुरा चाँही अर्काे पनि छ । सबै भरेर तयार हुनु भयाे र Submit बटन मात्रै थिच्न बाँकी छ भने त्याे भन्दा अगाडी एउटा काम गर्नुस् । त्यही बटनसँगै भएकाे Captcha मा रिफ्रेस बटन दिईएकाे छ ।
त्याे रिफ्रेस बटन थिच्नुहाेस् । त्याे किन गर्ने भन्दा तपाईले Form Submit गर्न खाेजिरहेकाे समयमा सर्भरले काम गरिरहेकाे छ कि छैन् भनेर पत्ता लगाउनकाे लागि हाे । जब सम्म त्यहाँ नयाँ Captcha देखाउँदैन् तब सम्म Captcha Refresh गरि राख्नुस् । र नयाँ Captcha देखायाे भने ढिलाे नगरी तुरुन्तै देखिएकाे Captcha राखि Submit बटनमा थिचिहाल्नुस् ।
यदि दैनिक काेटा सकिएकाे छैन् भने तपाईकाे Form यत्ति गर्नु भयाे भने दर्ता Process मा जान्छ र सेभ गर्नुहाेस् । र Download का लागि PDF file मिल्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…