जनकपुरको अमन मेडिया सर्भिसमा छापामारी, कैयौं जना पक्राउ
अमन मेडिया सर्भिसमा बिहिबार नै छापामारी गरिएको जनाइएको छ । प्रहरीका अनुसार, अमन मेडिया सर्भिसमा गैर कानुनी रुपले कम्पनीको लोगो बनाउने, नक्कली आईडी कार्ड बनाउने, नक्कली अपोइन्टमेन्ट लेटर बनाउने जस्ता कार्यहरुमा सँलग्न देखिएपछि केहीलाई पक्राउ समेत गरिएको हो ।

२०७७ पुस १७ शुक्रबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर स्थित रहेको अमन मेडिया सर्भिस Aman Media Service मा प्रहरीले छापामारी गरेको छ । गैर कानुनी कार्यहरु गर्दै आएको सूचनाको आधारमा छापामारी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार, अमन मेडिया सर्भिसले गैर कानुनी कार्यहरु गर्दै आएको सूचना पाएपछि विधिवत रुपमा छापामारी गरिएको बताए ।
अमन मेडिया सर्भिसमा बिहिबार नै छापामारी गरिएको जनाइएको छ । प्रहरीका अनुसार, अमन मेडिया सर्भिसमा गैर कानुनी रुपले कम्पनीको लोगो बनाउने, नक्कली आईडी कार्ड बनाउने, नक्कली अपोइन्टमेन्ट लेटर बनाउने जस्ता कार्यहरुमा सँलग्न देखिएपछि केहीलाई पक्राउ समेत गरिएको हो ।
जनकपुरको थापाचोक स्थित रहेको अमन मेडिया सर्भिसले लोगो डिजाइन, आईडी कार्ड डिजाईन, कार्ड सहित फलैक्स बैनर डिजाइनको कार्य गर्दै आएको थियो ।
सो भित्रबाट केही जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आज प्रारम्भिक अनुसन्धानको क्रममा निर्दोष देखिने व्यक्तिलाई छाडने बताइएको छ । डिएसपी मिश्रले भने, “पक्राउ गरिकाहरुमध्ये केही जना निर्दोष पनि होलान, अनुसन्धानपछि उनीहरुलाई छाडनेछ । थप अनुसन्धान गर्दैछौं ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…