जनकपुरः रामसीतालाई साक्षी राखेर १ हजार खर्चमा असली आदर्श विवाह
दहेज पर्थालाई परास्त गर्न आफूले आफ्नो छोराको आदर्श विवाह गरेको मंडल ले बताए। दाइजो प्रथा विकृति र अपराध रहेको भन्दै यसलाई हटाउन सबैले साहस गर्नुपर्ने पनि उनले बताए।

२०७७ पुस १५ बुधबार, राति ९:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश सहित देशको विभिन्न ठाउँमा विद्यमान रहेको दाईजो प्रथालाई लत्याएर एक जोडीले आदर्श विवाह गरेका छन् ।
जनकपुरधाम स्थित जानकी मन्दिरमा सिरहाको कल्याणपुर बस्ने बेहुला मनिष कुमार मण्डल र धनुषाको कमला नगरपालिका वडा नं. ९ बस्ने रँगीला मण्डल आदर्श विवाह गरी वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।
प्रायः जसो धेरै ठाउँमा लाखौं रुपैयाँ खर्च गरेर पनि आदर्श विवाहको नाटक रच्ने व्यक्तिहरुबीच यी जोडीले जानकी मन्दिरमा भगवान रामजानकीलाई साक्षी राखेर असली आदर्श विवाह गरेका छन् ।
मन्दिरमा पूजारीले यीनीहरुलाई रु. १००० खर्चमा विवाह गराइदिएको हो । बेहुलाको तर्फबाट आवश्यक पर्ने मौर र माला सहित घरबाटै ल्याएको धोती र साडी लगाएर विवाहको विधि सम्पन्न गरेको हो ।
सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १ गाउँ सनचिरैया को महेशवर मंडल को सुपुत्र मनिस कुमार मण्डल र धनुषा जिल्लाको कमला नगरपालिका घर दुबरकोठ भएको कामेश्वर मंडलकी सुपुत्री रंगीला मंडल बन्धनमा बाँधिएका हुन्।
दहेज पर्थालाई परास्त गर्न आफूले आफ्नो छोराको आदर्श विवाह गरेको मंडल ले बताए। दाइजो प्रथा विकृति र अपराध रहेको भन्दै यसलाई हटाउन सबैले साहस गर्नुपर्ने पनि उनले बताए।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…