राईजिँग स्टार अरुणकान्तको 'अहाँ हमरामे समा जाउ' रिलिज हुँदै
पानेरोमा मूविज् को बैनरमुनि निर्माण भएको यो गीतको लागि भागवत मण्डल र सोनीले स्वर सजाएको हो । राकेश साह र अमित कुमार झा प्रोड्यूसर रहेको यस गीतको लागि भिडियो भने निर्देशक सँजय साहले निर्देश गरेका छन् ।

२०७७ पुस १५ बुधबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राईजिँग स्टार अरुणकान्त यादवको अभियन रहेको मैथिली गीत अहाँ हमरा मे समा जाउ जनवरी १ मा रिलिज हुने भएको छ ।
जनकपुरधामका चर्चित अभिनेता अरुणकान्त यादव र रिस्ता बस्नेतको अभिनय रहेको सो गीतको भिडियो छायाँकन सम्पन्न गरी आउँदो शुक्रबार अर्थात २०२१ जनवरी १ को दिन रिलिज गर्ने तयारी गरिएको हो ।
पानेरोमा मूविज् को बैनरमुनि निर्माण भएको यो गीतको लागि भागवत मण्डल र सोनीले स्वर सजाएको हो । राकेश साह र अमित कुमार झा प्रोड्यूसर रहेको यस गीतको लागि भिडियो भने निर्देशक सँजय साहले निर्देश गरेका छन् ।
श्याम ध्रुवको शब्द रचना रहेको गीतमा पारसमणीले सँगीत सजाएका हुन् । गीतको लागि सिनेमाटोग्राफर राजीप सँगम आरके, सम्पादनमा बन्दे प्रसाद रहेका छन् । मोसन स्टुडियोको पोष्ट प्रोडक्सनमा रिलिज हुन गइरहेको सो गीती भिडियोको लागि लक्ष्मण मण्डल र आदी अधिकारी एक्सीक्यूटिभ प्रोड्यूसरको रुपमा रहेका छन् ।
गीत निर्माणको लागि नेहा साहले मेकअप सम्हालेकी हुन भने सुरेश अधिकारी र प्रकाश सुवेदीको विशेष सहयोग रहेको अभिनेता यादवले न्यूज ब्यूरोलाई बताए । अभिनेता यादव दर्जनौ एल्बम सहित टेलिसिरियल, वेभ सिरिज सहित फिल्ममा पनि काम गरिसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…