जनकपुरमा प्रचण्ड र नेपाल समूहको विशाल जनप्रदर्शन

२०७७ पौष १४ मंगलबार
बेलुकी ५:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा नेकपाको विशाल प्रदर्शन गरिएको छ । 

 

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा धनुषाले जनकपुरमा विशाल जनप्रदर्शन गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत जनकपुरमा समेत गाउँ–गाउँबाट र्‍यालीसहित आएकाहरु प्रदर्शनकारीले जनकपुरधाम तताएका थिए । 

 

 

नेकपाका जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य नेता श्रवण कुमार बरबरिया (जीवन) ले प्रधानमन्त्री ओली निरंकुश शासक बनेको आरोप लगाए ।  यादवले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाए । 

 

पूर्वी धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, जनकनन्दिनी गाउँपालिका सहित जनकपुरधाम उपमहानगरपालिका गरी धनुषाको विभिन्न ठाउँबाट भारी सँख्यामा आएका नेकपाका नेता तथा कार्यकर्ताहरुले केही बेर जनकपुर तताएका थिए ।

 

 

धनुषाको विभिन्न नगर तथा गाउँबाट आएका र्‍याली जनकपुरको रेल्वे स्टेशनमा जम्मा भइ नगर परिक्रमा गरेका थिए । जहाँ केन्द्रीय नेतासहित प्रदेश र जिल्ला इन्चार्जसहितका नगर कमिटीका नेताको व्यापक सहभागीता थियो । 

 

विरोधसभामा शीर्ष नेताहरु स्थायी कमिटी सदस्य गणेश साह, पूर्वमन्त्री रामचन्द्र झा, श्रवण कुमार बरबरिया, शहिदनगर नगरपालिकाका मेयर एवम् नेकपा प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया यदुवंश झा, श्रीप्रसाद साह, लगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको भन्दै विशाल प्रदर्शन गरिएको नेता रामचन्द्र झाले बताए ।

 

विरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेबी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।

 

विरोधसभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको उपहास गरेको आरोप लगाए । नेकपाका धनुषा जिल्ला ईन्चार्ज श्रवण यादव बरबरिया (जीवन) को नेतृत्वमा निस्केको जुलुस मिल्सएरिया, भानुचोक, कदमचोक, मूरली चोक, रामचोक, शिवचोक, जनकचोक, हुँदै पुन रेल्वे स्टेशनमा कोणसभामा परिणत भएको थियो ।   

 
  • 0%
  • 88%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७७ पौष १४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus