प्रदेश २ को सभामुखमा यादव निर्विरोध
न्यूज ब्यूरो || जनकपुरधाम, १ फागुन । प्रदेश नम्बर २ को सभामुखमा राजपा फोरम गठबन्धनका सरोज कुमार यादव निर्विरोध निर्वाचित भएका छन् । सभामुखको लागि तोकिएको समयमा यादवको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख बाट निर्वाचित यादवले आज साढे ११ बजे सभामुखमा उ

२०७४ फागुन १ मंगलबार, बेलुकी ६:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १ फागुन ।
प्रदेश नम्बर २ को सभामुखमा राजपा फोरम गठबन्धनका सरोज कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
सभामुखको लागि तोकिएको समयमा यादवको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।
बारा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख बाट निर्वाचित यादवले आज साढे ११ बजे सभामुखमा उम्मेदवारी दिएका थिए ।
उनको प्रस्तावकमा राजपा प्रदेश २ का संसदीयदलका नेता जीतेन्द्र सोनल र समर्थकमा फोरम नेपाल प्रदेश २ का संसदीय दलका नेता लालबाबु राउत थिए । बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनय पत्र दाखिलाको समय तोकिएको थियो । मनोनयन पत्र बुझाँउदै सभामुखका उम्मेदवार यादवले आफु निर्विरोध निर्वाचित हुने विश्वास समेत व्यक्त गरेका थिए ।
त्यस्तै सो अवधिमा एक जनाले मात्रै उम्मेदवारी दिएकोले निर्विरोध भएको प्रदेश नम्बर २ का प्रदेशसभा सचिव बंशिराज पौडेलले बताए ।
वुधवार हुने सभामुखको निर्वाचनका लागि मंगलवार मनोनयन दर्ताको समय तोकिएको थियो । प्रदेश २ मा राजपा र फोरम गठवन्धनले मुख्यमन्त्री र सभामुखको वांडफाड गरेपछि राजपा तर्फबाट सरोज कुमार यादवको एकल उम्मेदवारी परेको छ ।
यस संगै वुधवार हुने प्रदेशसभाको तेस्रो वैठकमा बहुमतको आधारमा सभामुख चयन गरिने वताइएको छ ।सभामुखको सपथ प्रदेश प्रमुख रत्नेश्वर कायस्थले गर्ने र फाल्गुन ४ गते वस्ने चौथो वैठकमा यादव सभामुखको कार्यभार सम्हाल्ने सचिव पौडेलले वताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…