१८ लाख बढी ऋणमा रहेका उँखु किसान यादव काठमान्डौंमै त्यागे प्राण
सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।

२०७७ पुस १४ मंगलबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । २४ लाख रुपैयाँ बढीको ऋणमा डुबेका एक उँखु किसानको हर्ट अटैक (हृदयघात) का कारण काठमान्डौंमा मृत्यू भएको छ ।
गत वर्षपनि कामान्डौंको माईतीघरमा भएको आन्दोलनमा सहभागी भएका प्रदेश नम्बर २ सर्लाही जिल्लाको धनकौल छोटवल टोल बस्ने नारायण राय यादवको मँगलबार हर्ट अटैक भएर मृत्यू भएको हो ।
बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ यादवको शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा मृत्यू भएको आन्दोलनमा रहेका किसानहरुले बताएका छन् ।
मँगलबार बिहानै हर्ट अटैक भएका यादवलाई उपचारको लागि काठमान्डौंको चाबहिल स्थित रहेको हेल्पिँग ह्याण्ड अस्पतालमा पुरयाइएको थियो । त्यहाँबाट शहिद गँगालाल नेश्नल हस्पिटल रिफर गरिएका यादवको करिब २ घण्टापछि मृत्यू भएको आन्दोलनमा काठमान्डौं गएका किसान मुकेश ठाकुरले बताए ।
उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । सोमबार सरकारसंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।
मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो भने उनलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको चौधरीले बताए । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…