प्रदेश २ः मन्दिरभित्रै यौनधन्दा काण्डमा फरार रहेका बाबाजी मन्दिर फर्के
जिल्ला प्रशासन कार्यालय सिरहाबाट ५ हजार धरौटी जम्मा गरी रिहा भएको बताइएको छ ।

२०७७ पुस १३ सोमबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । मन्दिरभित्रै यौनधन्दा सँचालन गरेको प्रकरणमा फरार भएका पूजारी पुनः मन्दिर फर्केका छन् ।
प्रदेश नं. २ को सिरहा जिल्ला स्थित कर्जन्हा नगरपालिकाको वस्तीपुर स्थित रहेको एक मन्दिरमा विगत केही बर्षदेखि मन्दिरभित्रै यौनधन्दा सँचालन गरेको रहस्य न्यूज ब्यूरोले पर्दाफास गरेपछि बाबा फरार भएका थिए ।
गत असोज ४ गते न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि असोज ६ गते पूजारी रामदयाल राई (बाबा) मन्दिर छाडेर फरार भएका थिए । उनी केही दिन अघि आएर धरौटीमा छुटेको बताइएको छ ।
समाचार प्रकाशित भएपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाले बाबा उपर मुद्दा बनाएको थियो । सोही मुद्दापछि फरार भएका पूजारी झण्डै ४ महिनापछि फर्केर मन्दिर आएका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जयश्वालका अनुसार, बाबा उपर हालिएको यौनधन्दा सम्बन्धी मुद्दामा धरौटी लिएर छाडिएको हो । उनलाई अब आइन्दा कहिले यस्तो नगर्ने लिखित दिएपछि छाडिएको बताइएको छ ।
जानकारी अनुसार, उनलाई ५ हजार रुपैयाँ धरौटी राखेर छाडिएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाबाट ५ हजार धरौटी जम्मा गरी रिहा भएको बताइएको छ ।
वस्तीपुर स्थित रहेको सो मन्दिरभित्रै पूजारी राईले विभिन्न ठाउँबाट बालिका, किशोरी, युवति र विवाहित महिला समेतलाई सम्पर्कमा राखी मन्दिरभित्रै बोलाएर यौनधन्दा सँचालन गर्दै आएका थिए ।
फोन सम्पर्क मार्फत महिलाहरुलाई सम्पर्क गरी ग्राहक मन्दिरमा जाँदा उनलाई मन्दिरभित्रै यौन क्रियाकलाप गर्ने व्यवस्था मिलाउँदै आएका थिए । भगवानको मन्दिर छेउमै रहेको साधुसन्त बस्ने घरमा यौनधन्दा सँचालन गर्दै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…