जनकपुरमा 'राजा आउ, देश बचाउ'
राप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा मनोज मल्ल, प्रेक्षा मल्ल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोइन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहित सयौं राजावादीहरुले नारावाजी गरेका हुन् ।
२०७७ पुस १२ आइतबार, बेलुकी ६:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध निरन्तर प्रदर्शनमा जनता समाजवादी पार्टी रहीरहेको बेला जनकपुरमा राजावादीहरु पनी प्रदर्शन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सँयुक्त रुपमा जनकपुरमा प्रदर्शन गर्दै धनुषाका सिडिओलाई ज्ञापन पत्र बुझाएको छ । हिन्दु राष्ट्र र राजसंस्था समेत पुनःस्थापनाको माग गर्दै राजावादीहरुले प्रदर्शन सहित सिडिओलाई ज्ञापन पत्र बुझाएको हो ।
हिन्दु राष्ट्र कायम गर, राजा आउ देश बचाउ जस्ता नाराहरु लगाउँदै राजावादीहरुले जनकपुरमा प्रदर्शन गरेको हो । जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध रयाली विभिन्न चौक घुम्दै जिल्ला जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
राप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा मनोज मल्ल, प्रेक्षा मल्ल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोइन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहित सयौं राजावादीहरुले नारावाजी गरेका हुन् ।
सिडिओ कार्यालय धनुषामा राजावादीहरुले २२ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अनितेश यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…