जनकपुरका चर्चित गायक रुद्रसेनको 'दिल दुखायौ तिमीले मेरो' रिलिज
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ युगल गीत दिल दुखायौ तिमीले मेरो को भिडियो सार्वजनिक गरेका छन् । रुद्रसेनकै शब्दरचना तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । गीतमा विशाल निरौलाको म्युजिक एरेञ्ज रहेको छ । प्रदिप कुमार रसाईलीको

२०७७ पुस १२ आइतबार, दिउँसो ३:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ युगल गीत दिल दुखायौ तिमीले मेरो को भिडियो सार्वजनिक गरेका छन् ।
रुद्रसेनकै शब्दरचना तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । गीतमा विशाल निरौलाको म्युजिक एरेञ्ज रहेको छ ।
प्रदिप कुमार रसाईलीको निर्देशनमा निर्मित यस भिडियोमा योगेश दाहालको सिनेम्याटोग्राफी रहेको छ भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।
भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री, पवन बराइली र रेनु लिम्बूले अभिनय गरेका छन् भिडियो गीतकार, सङ्गीतकार तथा गायक रुद्रसेनकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मा अपलोड गरिएको छ ,भने यस गीतलाई निर्मात्री निर कुमारी विश्वकर्मा (सविना) ले निर्माण गरेकी हुन् ।
भिडियोमा प्रेमिकाले आफ्नो प्रेमीलाई तुरुन्तै बिबाह गर्न दबाब दिन्छिन् तर प्रेमीले केही समय कुर्न भनेपछि उनले अर्कै प्रेमी रोजेकी छिन् । दोस्रो प्रेमी धोकेबाज निस्किए पछि युवती पुनः पहिलो प्रेमीको शरणमा आउँछिन् तर चोखो मायाको कदर नगर्ने अवसरवादी प्रेमिकालाई पहिलो प्रेमीले स्वीकार नगरेको कथा भिडियोमा देखाईएको छ ।
यस गीतका शब्दर सङ्गीत गायन सहित म्युजिक भिडियो हरुको सबै पक्ष्य एकदमै राम्रो प्रतिक्रिया आइरहेकोले गीतलाई श्रोताहरुबाट रुचाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…