जनकपुरमा लाईसेन्सको लागि यी ३ दिन ट्रायल हुने
अब विस्तारै अवस्था सहज बन्दै गएपछि ट्रायलको मिति तोकिएको

२०७७ पुस १० शुक्रबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था विभागको जनकपुर यातायात कार्यालयले कोरोका कारण छुटेका परीक्षार्थीहरुको ट्रायलको मिति तोकेको छ ।
कोरोना महामारीका कारण गत वर्षको चैत्त ११ गतेदेखि नै बन्द भएको ट्रायल वा नयाँ लाईसेन्सको परीक्षाको लागि लिखित परीक्षामा पास भएका परीक्षार्थीहरुको लागि ट्रायलको नयाँ मिति तय गरेको छ ।
यातायात कार्यालय जनकपुरका प्रमुख बीरेन्द्र कुमार साहका अनुसार आउँदो पुस २२, २३ र २४ गते गरी तिन दिन ट्रायल परीक्षा हुने भएको छ ।

तस्विरः यातायात कार्यालय जनकपुरका प्रमुख बीरेन्द्र कुमार साह
गत वर्षको चैत्त ११ गते दिन तोकिएर सरकारले देशव्यापी रुपमा लकडाउन गरेपछि ट्रायल दिन छुटाएका सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि नयाँ मिति तोकिएको प्रमुख साहले बताए ।
उनले लिखित परीक्षामा पास गरी ट्रायलको लागि भौचर कटाएर राखिएकोमा उनीहरुको ट्रायल परीक्षा लिने कार्य सुरु गरिने बताए । पुरानो ट्रायलको लागि अनुमानित ३०० जना भन्दा बढी परीक्षार्थी रहेको उनले बताए ।
कोरोनाको महामारी भन्दै सरकारले चैतदेखि बन्द गरेको नयाँ लाईसेन्सको फाराम, ट्रायल सबै बन्द रहेकोमा अब विस्तारै अवस्था सहज बन्दै गएपछि ट्रायलको मिति तोकिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…