आजदेखि जनकपुर सहित देशैभरिको सिनेमा हल खुल्ने
शुक्रबारदेखि हलमा ५० प्रतिशत दर्शकको अकुपेन्सीमा हल संचालन गर्ने तयारी हल संचालकहरुको छ ।

२०७७ पुस १० शुक्रबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज शुक्रबारदेखि जनकपुर सहित देशभरिका सिनेमा हल सँचालनमा आउने भएको छ ।
कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेका हलहरु संचालन गर्ने तयारी चलचित्र संघले गरे अनुसार आजैदेखि सिनेमा हलहरु सँचालनमा आउने प्रबल सम्भावना देखिएको छ ।
यद्यपी, सरकारले भने हालसम्म चलचित्र हल खोल्ने अनुमती दिइसकेको छैन । तर, चलचित्र संघको एकतर्फी निर्णयमा सरकार लचिलो बन्ने संभावना देखिएको छ ।
चलचित्र संघले हल खोल्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेका जनकपुर सहित देशभरिका सिनेमा हलहरुमा सुरक्षा सर्तकता सहित अपनाउनुका साथै पूर्ण सरसफाईमा कर्मचारीहरु व्यस्त देखिन्छन् ।
शुक्रबारदेखि हलमा ५० प्रतिशत दर्शकको अकुपेन्सीमा हल संचालन गर्ने तयारी हल संचालकहरुको छ ।

सो क्रममा जनकपुरको चर्चित निलम सिनेमा, गिरीजा सिनेमा र आशा सिनेमा हलमा विहिबारदेखि नै सरसफाईको तयारी गरिएको छ । रामानन्दचोक स्थित रहेको रामजानकी सिनेमा हल समेत आजैदेखि सँचालनमा आउने बुझिएको छ ।
सिनेमा हलहरु सँचालनमा आउने भएपछि हल सँचालकहरु उत्साहित देखिएको छ । शुक्रबार १२ः०० बजेको शो मा कुनै पुरानो फिल्म वा नयाँ रिलिज भएको कुली नम्बर १ वा अन्य फिल्म सँचालन गरी सिनेमा हल सँचालनमा ल्याउने तयारी जनकपुरका सँचालकहरुको रहेको छ ।

गिरिजामा हलिवुड फिल्म ब्लडसट नामक फिल्म चल्ने भएको छ भने निलम सिनेमामा कुली नम्बर १ चल्ने भएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…