जनकपुरः डिपार्टमेन्टल स्टोरमा आगलगी हुँदा अढाई करोडको समान जलेर ध्वस्त
जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र थन्किएर राखिएपछि नगरपालिकादेखि करिब १०० मिटरकै दुरीमा रहेको डिपार्टमेन्टर स्टोर जलेर ध्वस्त भएको छ ।

२०७७ पुस ९ बिहीबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरको मुटु मानिने शिवचोक स्थित रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलगी हुँदा करिब अढाई करोड मूल्य बराबरको समाज जलेर ध्वस्त भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचोक स्थित रहेको सो स्टोरमा भएको भिषण आगगली झण्डै ३ घण्टा पश्चात नियन्त्रणमा आएपनि करिब अढाई करोड मूल्य बराबरको समानहरु जलेर नष्ट भएको बताईएको छ ।
बिहीबार बिहान करिब ११ बजे बिजुलीको तार सट भई भएको आगलागीबाट झण्डै २ करोड ५० लाख बढीको क्षति जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उप–महानगरपालिका कर्यालयको सय मिटर दुरीमा आगलागी भएपनि उप–महानगरले बारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुको बताएका छन् । आगो नियन्त्रणमा धनुषा तथा महोत्तरीबाट आएका ६ वटा बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको एसपी बस्नेतको भनाइ छ ।
धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र थन्किएर राखिएपछि नगरपालिकादेखि करिब १०० मिटरकै दुरीमा रहेको डिपार्टमेन्टर स्टोर जलेर ध्वस्त भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…