भारततर्फ लैजाँदै गरेको २०० बोरा मटर बरामद
सशस्त्र प्रहरी बल ८ नम्बर गणबाट खटिएका प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर ६ स्थित हठीपुरबाट पक्राउ गरेको हो ।

२०७७ पुस ९ बिहीबार, बिहान ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालबाट भन्सार छली गरी लुकीछुपी लाग्दै गरेको २ सय बोरा मटरनेपाल प्रहरी र शस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ ।
बुधबार धनुषाको सीमा प्रहरी चौकी लग्मा जटही प्रहरी र शस्त्र प्रहरी बल ८ नम्बर गणको संयुक्त टोलीले ३ लाख ७५ हजार मुल्य बराबरको मटर नगराईन नगरपालिका वडा नं २ जटही नाकाबाट पक्राउ गरेको हो ।
नेपालबाट तस्करी गरी निकासी गर्दै गरेको मटरको बोरा प्रहरीले बरामद गरी भन्सार कार्यलय जनकपुर पठाइएको जटहीका प्रहरी इन्चार्ज मनिष श्रेष्ठले जनाइएको छ ।
त्यस्तै, मंगलबार भारतबाट भन्सार छली गरी ल्याउदै गरेको लाखौं रुपैया बराबरको लत्ताकपडा सशस्त्र प्रहरी धनुषाले बरामद गरेका छन् ।
सशस्त्र प्रहरी बल ८ नम्बर गणबाट खटिएका प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर ६ स्थित हठीपुरबाट पक्राउ गरेको हो ।
करिब १ लाख ३१ हजार मुल्य बराबरको कपडा पक्राउ गरी भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…