जनकपुरः घर भत्काएपछि चिसोले विरामी पर्न थाले दलितहरु
तर, हाम्रो व्यथा कसैले सुनेनन्।’ घर जग्गा अभावकै कारण जीवन कष्टकर बन्दै गएपछि वस्तीका १३ परिवार विस्थापित भइसकेका छन्। स्थानीयका अनुसार उनीहरू कोही आफ्न्तको घरमा शरण लिन गए भने कोही मजदुरीका लागि भारत पलायन भएका छन् ।

२०७७ पुस ७ मंगलबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सडक फराकिलो पार्न जनकपुरधाम उपमहानगरपालिका–१ धर्मवान टोलस्थित मुसहर वस्तीमा जेठको दोस्रो साता डोजर चल्यो। उपमहानगरपालिकाको निर्देशनमा १५ सुकुम्वासीसहित वस्तीको ४० घर भत्काइयो, आजको टुडे एक्सप्रेस दैनिकमा पत्रकार कमलेश ठाकुरले समाचार लेखेका छन् ।
दलित अगुवा एवं मानव अधिकारकर्मीले केही समयपछि घर भत्काउन नगर प्रमुख लालकिसोर साहसंग आग्रह गरे। मेयर साहले वास्तविक सुकुम्बासीलाई बस्ने व्यवस्था मिलाउने आश्वासन दिए । तर, वस्ती भत्काएको ६ महिना बितिसक्दा समेत उप–महानगरपालिकाले कुनै व्यवस्था गरेको छैनन् ।
चिसोका कारण धर्मवान टोलका ६६ वर्षीय सुकम्बासी महेन्द्र कलवार सिकिस्त छन्। घर भत्काइयो, छाना छैन । खुला आकाशमुनि सुत्न बाध्य छन्। ‘मेयरले घर भत्काउन लगाए । कहाँ बस्नु ? कहाँ सत्नु ीमान लालु सादा मजदुरी गर्छन्। कलिताको पाँच जनाको परिवार छ ।
आम्दानीको स्रोत नभएकाले छोराछोरीलाई विद्यालय नपाठाएको उनले सुनाइन्। ‘बनिबुँतो गररे सम्पत्तिका नाममा आर्जेको झुप्रो थियो। त्यो पनि उपमहानगरपालिकाले भत्कायो’ उनले भनिन्, ‘वस्तीमा गर्मी मौसममा पानीको प्यास र जाडोमा कठिङग्रिएर मर्ने त्रास छ ।
तर, हाम्रो व्यथा कसैले सुनेनन्।’ घर जग्गा अभावकै कारण जीवन कष्टकर बन्दै गएपछि वस्तीका १३ परिवार विस्थापित भइसकेका छन्। स्थानीयका अनुसार उनीहरू कोही आफ्न्तको घरमा शरण लिन गए भने कोही मजदुरीका लागि भारत पलायन भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…