हवाई कारबाहीमा नौ जना आतङ्ककारी मारिए
जलालाबाद, अफनिस्तान, २० मङसिर : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानक

२०७४ मंसिर २० बुधबार, राति १०:१५ बजे१ मिनेट पढाइ

जलालाबाद, अफनिस्तान, २० मङसिर : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन् ।
यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिनुभएको छ ।
नान्गाहार प्रान्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका छन् । उनीहरुलाई तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ ।
यस कारबाहीको क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका दुईवटा वासस्थानसमेत ध्वस्त पारिदिएको प्राप्त समाचारमा जनाइएको छ ।
आचिन जिल्लामा आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तराष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीको क्रममा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् ।
सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…