ओलीको कदम हिटलर भन्दा पनि तानाशाह र निरकुँश : नेता बरबरिया
उनले आफ्नो व्यक्तिगत रिसबी र स्वार्थपूर्तिका लागि मात्र सँसद विघटन गरी आम जनताको भावनासँग समेत खेलवाड गरेको आरोप लगाएका छन् । उनले राजनीतिक घटनाक्रममा आजको दिनलाई कालो दिनको रुपमा लिइने बताए ।

२०७७ पुस ५ आइतबार, बेलुकी ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका चर्चित नेता श्रवण कुमार बरबरिया (योगकुमार) ले प्रधानमन्त्री ओलीको कदम जर्मन राजनीतिज्ञ हिलटरभन्दा पनि तानाशाह र निरकुँश भएको बताएका छन् ।
नेकपाका धनुषा जिल्ला ईन्चार्ज समेत रहेका नेता बरबरियाले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा उनले प्रधानमन्त्री ओलीको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको बताए ।
संसद विघटन गर्ने निर्णयलाई घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटनाको रुपमा रहेको बताउँदै आजको दिन नेपालको राजनीतिक ईतिहासमा कालो दिनको रुपमा लिइने उनले बताए ।
दुई तिहाई बहुमतबाट बनेको सरकारलाई पनि आफ्नो नीजि स्वार्थको लागि सँसद विघटन गरेको जनाउँदै उनले वि.सं. २०७२ को सँविधानलाई समेत अपमान गरेको आरोप लगाएका छन् । उनले २०४७ को संविधानलाई टेकेर सँसद विघटनको लागि चालेको कदम बदनीयतपूर्ण मात्र रहेको औल्याए ।
उनले आफ्नो व्यक्तिगत रिसबी र स्वार्थपूर्तिका लागि मात्र सँसद विघटन गरी आम जनताको भावनासँग समेत खेलवाड गरेको आरोप लगाएका छन् । उनले राजनीतिक घटनाक्रममा आजको दिनलाई कालो दिनको रुपमा लिइने बताए ।
यसका साथै, प्रधानमन्त्री ओलीको यस कदमलाई सबैले प्रतिकार र प्रतिवाद गर्न आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…