तराई–मधेश कृषीका लागि मात्र होईन, कमेडिका लागि पनि उर्वर र हराभरा : वरिष्ठ कमेडियन गजुरेल
उनले बिकृत राजनितीको ट्रेजेडीमा परेको नेपाली समाजलाई जोड्दैछन् मधेशका कमेडीयन भनेर आफ्नो अधिकारिक फेसबुक पेजमा लेखेका छन् ।

२०७७ पुस ५ आइतबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौंमा जारी कमेडि अडिसनमा प्रदेश नं. २ का तपेश्वर सिँह Tapeshwor Singh सोझै टप २४ मा छानिएपछि बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल Manoj Gajurel ले खुलेर प्रशँसा गरेका छन् ।
डिजिटल अडिसनमा सहभागी ६००० हास्यप्रेमीबाट छानिएका १८० जनाको फिजिकल अडिसनको क्रममा सिरहा चोहर्बा बस्ने २० बर्षिय तपेश्वर सिँह सोझै टप २४ मा पुगेपछि गजुरेलले खुलेर प्रशँसा गरेका छन् ।
उनले बिकृत राजनितीको ट्रेजेडीमा परेको नेपाली समाजलाई जोड्दैछन् मधेशका कमेडीयन भनेर आफ्नो अधिकारिक फेसबुक पेजमा लेखेका छन् ।

उनले अडिसनमा आफ्नो उत्कृष्ट प्रस्तुतीद्वारा सिराहा (चोहर्वा) का २० बर्षीय तपेश्वर सिंह सोझै “उत्कृष्ट २४” मा पुगेका छन्, “जज भिटो पावर” को माध्यामबाट तराई मधेस कृषिका लागि मात्र हैन, कमेडीका लागी पनि उर्वर र हराभारा छ ।” भनेर लेखेका छन् ।
सोही पोष्टमा नेपाल मूलकी मालती गुरुङगले टिप्पणी गर्दै - "यो भन्दा बढि नेपाली हुन सक्दैन, ती हातहरू" भनेर उल्लेख गर्दै व्यँग सहित हाँस्य टिप्पणी गरेकी हुन् । त्यस्तै, आशुतोष पौडेलले भने - "ये करना जरुरी है क्या ?" भनेर टिप्पणी गरेका छन् ।
यस्तै, तराईवासी राजन राजले व्यँग गर्दै लेखेका छन् -"अहिले यो भैयालाई बधाई दिएर क्यार्नु साहेब आखिर जित्ने पन्त,गजुरेल,भट्टराई का खलक हरुले नै हो, भोटिङ र सेटिङ सिस्टम मुर्दावाद !"
तराई मधेशवासीलाई अझै दोस्रो दर्जाको नेपाली भनेर मानसिकता बोकेकाहरुको लागि बिबिसी मास्टर चेफमा पुगेका मधेशका सँतोष साहलाई मात्र जसोतसो नेपाली भन्न बाध्य भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…