किसानको समर्थनमा जनकपुरियनहरुको रिले अनसन
विगत लामो समयदेखि चिनी मिलका मालिकहरुले किसानको भुक्तानी नगरेपछि उनीहरु ऋणमा डुबेका छन् ।

२०७७ पुस ४ शनिबार, दिउँसो १:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाहीका उँखु किसानहरु अहिले काठमान्डौंको माईतीघर मण्डलामा धर्ना दिएका छन् ।
उनीहरुले उँखुको भुक्तानी पाउनुपर्ने भन्दै गरिएको आन्दोलनमा समर्थन जनाउँदै जनकपुरका केही युवाहरुले शुक्रबार रिले अनसन बसेका छन् । जनकपुरको जनकचोकमा उनीहरुले केही घण्टा रिले अनसन बसेको हो ।
विगत लामो समयदेखि चिनी मिलका मालिकहरुले किसानको भुक्तानी नगरेपछि उनीहरु ऋणमा डुबेका छन् । गत वर्ष पनि आन्दोलन गरेका किसानहरुले अझै भुक्तानी पाउन नसकेपछि पुनः आन्दोलनका लागि काठमान्डौं गएका हुन् ।
किसानहरुको भुक्तानी यथाशिघ्र दिनुपर्ने, हामी किसानको साथमा छौं भन्दै रिले अनसन जारी राखेका छन् । जनता समाजवादी पार्टी (जसपा) कार्यकर्ता किसन साहका अनुसार जनकपुरधाममा रिले अनशन जारी राख्दै उनीहरुको न्यायको लागि लडिरहने बताएका छन् ।
उखु किसानहरुको रकम भुक्तानी नभएसम्म युवाहरु प्रत्येक दिन एक घण्टा जसपाका केन्द्रिय सदस्य बिभा ठाकुर, सरिता शर्मा, युवा नेता सदिक सिदिकी ॐ प्रकाश साह लागाईत दर्जनौं युवाहरु अनसन बस्ने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…