कार्यपालिकालाई ओभरटेक गरेको भन्दै अधिकृतको कार्यकक्षमा तालाबन्दी
पछिल्लो समय नगर प्रमुखबाट प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकामा गत आर्थिक वर्षमा ठेक्का सम्झौता भई विभिन्न वडामा सञ्चालन भइरहेको सडक निर्माण ठेक्काको म्याद थप गर्ने र सेवा करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडी बढाइएको कार्यप्रति उपप्रमुख लिलादेवी लामिछाने खनाल सहित बहुमत कार्यपालिका सदस्यहरुले विरोध गर्दै आएका थिए ।

२०७७ पुस २ बिहीबार, राति ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकाको नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको छ । नगरप्रमुख सुरेश कुमार खनाल र प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको कार्यकक्षमा उपप्रमुख लिलादेवी लामिछानेको नेतृत्वमा तालाबन्दी गरिएको हो ।
नगर कार्यपालिकाका बहुमत सदस्यहरुको निर्णय अनुरुप तालाबन्दी गरिएको जनाइएको छ । नगर प्रमुख खनाल तथा प्रमुख प्रशासकीय अधिकृत कार्कीको मिलोमतोमा नगरपालिकाबाट पारित ऐन, कानुन, कार्यविधि तथा कार्यपालिकाको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्दै पटक पटक एकलौटी र मनोमानी ढंगले काम गर्दै आएका कारण विरोध स्वरूप आफुहरु तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख लामिछानेले बताईन ।
पछिल्लो समय नगर प्रमुखबाट प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकामा गत आर्थिक वर्षमा ठेक्का सम्झौता भई विभिन्न वडामा सञ्चालन भइरहेको सडक निर्माण ठेक्काको म्याद थप गर्ने र सेवा करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडी बढाइएको कार्यप्रति उपप्रमुख लिलादेवी लामिछाने खनाल सहित बहुमत कार्यपालिका सदस्यहरुले विरोध गर्दै आएका थिए ।
नगर प्रमुख खनाल र प्रमुख प्रशासकीय अधिकृत कार्कीको मिलेमतोमा प्रमुख स्तरीय निर्णय भन्दै गरेको काम निजगढ नगरपालिका प्रशासकीय कार्यविधि नियमित तथा व्यवस्थित गर्ने ऐन २०७५ बिपरित मात्र नभई निजगढबासी जनताको हित विपरित भएको उपप्रमुख लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरसभाले यस नगरको कृषि क्षेत्रको विकासको निमित्त कृषि प्राबिधिक करारमा भर्ना गर्ने निर्णय गरेकोमा सो निर्णय अनुसार हाल विज्ञापन नगरी अन्य पदमा मात्र गैरकानुनि रुपमा विज्ञापन गरिएकोले उक्त निर्णय फिर्ता गर्नुपर्ने कार्यपालिकाका बहुमत सदस्यको बैठकको निर्णय अनुसार बिरोध स्वरूप नगर प्रमुख र प्रमुख प्राशासकीय अधिकृतको कार्यकक्षमा आजे पौने ११ बजेदेखि सवा ११ बजेसम्म करिब आधा घण्टाका लागि तालाबन्दी गरिएको थियो ।
निर्णय फिर्ता नभएमा आगामी दिनमा समेत विरोधका अन्य कार्यक्रमहरु अघि बढाइने उपप्रमुख लामिछानेले बताईन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…