जनकपुरः गरिबलाई चिसोबाट बचाउन सिडिओको ५ निर्णय
चिसो मौसममा हुस्सुको कारणले हुनसक्ने संभावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सचेतनामुलक कार्यक्रम गर्ने निर्णयसमेत गरको छ ।

२०७७ पुस २ बिहीबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले चिसोका कारण हुन सक्ने क्षती रोक्न पाँच निर्णय गरको छ ।
धनुषासंगै देशभरी बढेको चिसोका कारण जिल्लामा कुनै प्रकारको क्षती हुन नदिन पूर्व तयारी स्वरुप बुधबार जिल्ला विपद् व्यवस्थापन समितिले पाँच वटा निर्णय गरको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाका अनुसार पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ स्वीकृतसंगै कार्यान्वयनका लागि सबै निकायलाई पत्राचार गरिने छ ।
शितलहरका कारण समस्यामा परका जोखिमयुक्त व्यक्तिलाई स्वेच्छाले विभिन्न समूह, संस्था र व्यक्तिले राहत सामग्री वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सहमति, सम्बन्धित स्थानीय तहसँगको समन्वयमा गर्न आग्रह गरेको आजको टुडे एक्सप्रेस दैनिकमा समाचार प्रकाशित छ ।
शितलहरबाट बढी प्रभावित हुने र तातो कपडा एवं खाद्यान्नको अभाव रहेका वर्गको विवरण उपलब्ध गराउन जिल्लाका स्थानीय तहलाइ अनुरोध गरको छ ।
चिसो मौसममा हुस्सुको कारणले हुनसक्ने संभावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सचेतनामुलक कार्यक्रम गर्ने निर्णयसमेत गरको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…