प्रदेश २ः मालपोतका हाकिम र सुब्बा सहित ५ जनालाई जेल !
यही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानू १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

२०७७ पुस १ बुधबार, बेलुकी ७:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख (हाकिम) सुमन झा सहित ५ जनालाई पर्सा जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका उनिहरुलाई पूर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालतले आदेश जारी गरेको हो ।
पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठले किर्ते जग्गा नामसारी प्रकरणमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानूलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका हुन् ।
यही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानू १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
वीरगञ्ज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ भन्दा दक्षीणमा रहेको ५० करोड मूल्य बराबरको जमिन रजिष्ट्रशन पास गरिएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित कित्ता नं. ७१ को ३२५ वर्गमिटर, कित्ता नं. ३ को १२७३.८ वर्गमिटर, कित्ता नं. १८६ को १०३।४ वर्गमिटर र कित्ता नं.१४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा रजिष्ट्रशन पास गरेको थियो ।
गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारी तीन सन्तान । नक्कली कागजात बनाउने गिरोहले गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारीका जेष्ठ सुपुत्र मुकेशराज भण्डारीको नाममा नामसारी माग गर्दै मालपोत कार्यालयमा ०७६ माघ २९ गते नामसारीको लागि निवेदन दिएका थिए । मुकेश राजभण्डारी जेठो छोरोलाई नेपालमा रहेको देखाइएको थियो ।
अन्य दुई भाई राकेश राजभण्डारी, रूपेश राजभण्डारी अष्ट्रेलिया रहेको देखाइएको छ । अष्ट्रलियमा रहेका दुई भाइले त्यही बाट दाजु मुकेशराज भण्डारीको नाममा जग्गा नामसारीको मन्जुरीनामा त्याहा रहेको दुतावास मार्फत पठाएको कागजात तयार पारेर जग्गा नामसारी गरिएको थियो । तयार पारिएका सम्पूर्ण कागजातहरु नक्कली थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…