प्रदेश २ः माछा मार्ने बिषयमा झडप हुँदा कुल्हाडीले काटेर विभत्स हत्या !
उनले भने, –“पक्राउ परेकाहरुमध्ये को दोषी , को निर्दोष छन् त्यो अनुसन्धानपछि नै थाहा हुनेछ । तर, तत्काल अनुसन्धानको लागि स्थानीयहरुको गवाहीको अनुसार उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।”

२०७७ मंसिर २९ सोमबार, बिहान ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरीमा कुल्हारीले हानेर एक जनाको विभत्स हत्या गरिएको छ ।
सप्तरीको बोदेबसाईन नगरपालिका वडा नम्बर ३ कुसमार टोलमा गएराती दुई पक्षबीच भएको झडपमा गरिएको कुल्हारी प्रहारबाट स्थानीय गँगीया देवीको मृत्यू भएको हो । उनलाई कुल्हारीले हान्दा अनुहारदेखि कन्चट नै काटिएको बताईएको छ । उनको घटनास्थलमै मृत्यू भएको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहका अनुसार अन्दाजी बर्ष ३५ की गँगीया देवीलाई बन्चरो, कुल्हाडी, लाठी, फाटाले हानेपछि उनको घटनास्थलमै मृत्यू भएको हो ।
साहका अनुसार, आईतबार साँझा माछा मार्ने बिषयमा दुई पक्षबीच बिवाद हुँदा बेलुकी सोही विवाद उग्र हुँदा दुई पक्षबीच झडप भएको थियो । झडपको क्रममा गँगीया देवीको टाउको, अनुहार, कन्चटमा कुल्हाडी प्रहार गरिएपछि घटनास्थलमै मृत्यू भएको जनाइएको छ ।
सोही घटनामा परी स्थानीय जयनारायण मण्डल, सबिन्द्र मण्डल, धीरज कुमार मण्डल घाईते भएका छन् । उनीहरुको टाउको सहित शरिरको विभिन्न स्थानमा गम्भिर चोट लागेको छ । उनीहरुको उपचार भने सिरहाको लहान स्थित रहेको कामना नर्सिङग होममा उपचार भईरहेको छ ।
दुई पक्षीय झगडाको क्रममा भएको सो घटनाको क्रममा आरोपित ४ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरुमा अन्दाजी २० बर्षिय रबित कुमार मण्डल, शिवचरण मण्डल , सुरेन्द्र कुमार मण्डल र विजय मण्डल रहेका छन् ।
डिएसपी साहका अनुसार, रबित कुमार मण्डललाई समान्य चोटपटक लागेकोमा समान्य उपचारपछि उनलाई पनि नियन्त्रणमा राखिएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको जानकारी उनले दिए ।
उनले भने, –“पक्राउ परेकाहरुमध्ये को दोषी , को निर्दोष छन् त्यो अनुसन्धानपछि नै थाहा हुनेछ । तर, तत्काल अनुसन्धानको लागि स्थानीयहरुको गवाहीको अनुसार उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…