हिरोइन प्रियँका चोपडा आफ्ना श्रीमानलाई धक्का दिएर कारबाट निकालेपछि...
यद्यपी, उनीहरुले अहिले गरिरहेको शुटिँग फिल्मको नाम के हो भनेर खुलाइएको छैनन् । प्रियँका चोपडा बलिवुडकी चर्चित अभिनेत्री हुन भने निक जोन्स हलिवुडका अभिनेता हुन् ।

२०७७ मंसिर २८ आइतबार, बेलुकी ६:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मुम्बई । बलिवुडदेखि हलिवुडसम्म अभियन दिएकी चर्चित अभिनेत्री (हिरोईन) प्रियँका चोपडाले आफ्नै श्रीमान निक जोन्सलाई कारबाट धक्का दिएर निकालेको खवर भाइरल भएको छ ।
यद्यपी, यो रियल लाईफमा नभएर रिल लाईफ अर्थात फिल्मी दुनियाँमा गरिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । ग्लोबल स्टार कप्पल मानिएको प्रियँका चोपडा र निक जोन्सको वैवाहिक जीवनको २ वर्ष पुरा भइसकेको छ ।
एक फिल्मको शुटिँगको क्रममा प्रियँका चोपडाले आफ्नै श्रीमान निक जोन्सलाई कारबाट धक्का दिएर निकालेको दृश्य फिल्माइएको छ । दुवै जनाबीच कुनै कुरा लिएर टेन्सन भएको र त्यसपछि कारबाट धक्का हानेर निकालेको देखिएको छ ।
श्रीमान जोन्सलाई प्रियँका चोपडाले अपशब्द भन्दै उनलाई कारबाट धक्का हानेर निकालेको दृश्य एक फिल्मको शुटिँगमा गरिएको छ । डेली मेल डटकमका अनुसार, दुवै स्टार्स आफ्नो आगामी फिल्मको शुटिँगमा व्यस्त देखिन्छन् ।
जुन फिल्मको एक दृश्यमा एक कारमा बसिरहेको छ । सोही क्रममा प्रियँका र निकबीच विवाद हुन्छ । कुनै कुरालाई लिएर विवाद भएपछि प्रियँकाले निकलाई अपशब्द बोल्दै कारबाट धक्का दिएर निकालेको दृश्य देखाएको छ ।
यद्यपी, उनीहरुले अहिले गरिरहेको शुटिँग फिल्मको नाम के हो भनेर खुलाइएको छैनन् । प्रियँका चोपडा बलिवुडकी चर्चित अभिनेत्री हुन भने निक जोन्स हलिवुडका अभिनेता हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…