जनकपुरमा विवाहपञ्चमीको तयारी तीव्र, अयोध्याबाट जन्ती (बाराती) नआउने !
कोरोनाका कारण सरकारले गरेको लकडाउन अवधीभर मन्दिरमा पूजापाठ गर्नबाट समेत सर्वसधारण बञ्चित भएका थिए । शुक्रबारको टुडे एक्सप्रेस दैनिक मा समाचार छ ।

२०७७ मंसिर २६ शुक्रबार, बिहान ९:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रत्येक वर्ष हिन्दु धर्मास्त्र अनुसार राम र सीताको विवाह भएको स्मरण गर्दै प्रत्येक बर्ष मनाइँदै आइएको विवाहपञ्चमी महोत्सव यस पटक खल्लो हुने भएको छ । आन्तरिक विधि गररे यस पटक विवाहपञ्चमी मनाइनेछ ।
कोरोना भाइरसका कारण स्थानीय प्रशासनले भीडभाड नगर्न आदेश दिएका कारण कारण अन्य बर्ष जस्तो यस पटक भीडभाड देखिने छैन्। यसबाहेक कोरोना भाइरसको संक्रमणबाट जोगिन बन्द गरिएको नेपाल–भारत सीमा अहिलेसम्म खुल्न सकेको छैन्। जसका कारण भारतीय श्रद्धालु आउने सम्भावना पनि न्यून छ ।
‘कोरोना भाइरसका कारण प्रशासनले भींडभाड नगर्न रोक लगाएकोले यस पटक विवाहपञ्चमीको अवसरमा कुनै उत्सव गरिएको छैन’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले भने,‘विधि पु¥याउने काम मात्रै हुन्छ ।’ सीमा बन्द भएका कारण यस पटक भारतबाट जन्ती आउने सम्भावना पनि नरहेको उनले सुनाए ।
‘जन्ती आउने सम्बन्धमा यसअघिका बर्षहरूमा पहिला नै जानकारी पठाउने गरिन्थ्यो’, उनले भने, ‘तर यस पटक भारतको अयोध्याबाट जन्ती आउने÷नआउने विषयमा कुनै खबर आएको छैन ।’ विवाहपञ्चमीकै अवसर पाररे भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागिता जनाउँदै आएका थिए । तर,यस पटक देशका ठूला नेता वा मन्त्री आउने सम्भावना नरहेको महन्थ दासलाई उदृत गर्दै जनकपुरबाट प्रकाशित हुने टुडे एक्सप्रेस दैनिकले समाचार प्रकाशित गरेको छ ।
आन्तरिक विधि गरेर विवाहपञ्चमी मनाउनका लागि यस पटक सप्ताहव्यापी कार्यक्रम गरिदैंछ ।
यसपालीको विवाहपँचमीको विभिन्न विधिमा मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते पूmलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बर्षौदेखि चल्दै आएको परम्परालाई सीमित रुपमा मनाइने बताए । भीडभाड हुने कुनै विशेष गतिविधि नगर्ने उनको भनाई छ ।
कोरोना भाइरसका कारण राम नवमी, जानकी नवमीसहितका उत्सवहरू पनि खल्लो नै रहेको थियो। आन्तरिक पूजापाठ बाहेक कुनै पनि गतिविधि गरिएको थिएन ।
कोरोनाका कारण सरकारले गरेको लकडाउन अवधीभर मन्दिरमा पूजापाठ गर्नबाट समेत सर्वसधारण बञ्चित भएका थिए । शुक्रबारको टुडे एक्सप्रेस दैनिकमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…