४/४ वटा नागरिकता बनाएर अवैद्य तलब लिने शिक्षक यादवको नोकरी खुस्कियो
उमेर बढाएर राज्यकोषबाट तलब, ग्रेडसहित अन्य सेवा–सुविधाबापत लिएको रकम फिर्ताका लागि जिल्ला सरकारी वकिल कार्यालयसँग परामर्श गरी आवश्यक कदम चालिने इकाईले जनाएको छ ।

२०७७ मंसिर २५ बिहीबार, बिहान १०:१५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाका एक शिक्षकले ४/४ वटा नागरिकता बनाएको भेटिएपछि उनको जागिर खुस्किएको छ ।
जिल्लाको सदरमुकाम सिराहास्थित चन्द्र नमूना मावि (प्राविधिक) मा कार्यरत शिक्षक सकलदेव यादवले फरक–फरक जन्ममिति राखेर चारवटा नागरिकता बनाएर उमेर हदभन्दा बढी शिक्षण गरिरहेको खुलेपछि अनिवार्य अवकाशमा परेको जनकपुरबाट प्रकाशित हुने टुडे एक्सप्रेस दैनिकमा समाचार प्रकाशित छ ।
शिक्षा विकास तथा समन्वय इकाई सिराहाले मंगलबारको निर्णयअनुसार निमाशि (द्वितीय) दरबन्दीका शिक्षक सकलदेव यादवलाई १७ असोज २०७६ देखि लागू हुनेगरी अनिवार्य अवकाश दिएको हो ।
समन्वय इकाईमा शिक्षक यादवमाथि उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयबाट यादवको नागरिकताको प्रमाणित प्रतिलिपी झिकाएर छानविन गर्दा उमेर हद १४ महिना ६ दिन बढी भेटिएपछि अनिवार्य अवकाश दिइएको निमित्त इकाई प्रमुख शशिकुमार यादवले बताए ।
उजुरी परपछि इकाईबाट सक्कल नागरिकता कार्यालयमा पेस गर्न भनिए पनि यादवले आनाकानी गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय सिराहाबाट विभिन्न मितिमा फरक–फरक जन्ममिति तर, एउटै ५७९५ नम्बरका चारवटा नागरिकता झिकेर उमेर हदभन्दा बढी शिक्षण गरी राज्यकोषको दोहन गरिरहेको उजुरी परे लगत्तै छानिबन गर्दा त्यसको पुष्टि भएपछि अनिवार्य अवकाश दिइएको निमित्त इकाई प्रमुख यादवले बताए ।
उनका अनुसार यादवले जिल्ला प्रशासन कार्यालयबाट झिकेको चारवटा नागरिकता मध्ये दुईवटा इकाईले फेला परेको टुडे एक्सप्रेस दैनिकमा समाचार छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…