प्रदेश २ः हत्या अभियोगका ६ जनालाई जेल
न्यूज ब्यूरो, बारा । बारा जिल्लामा हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश दिएको छ । बाराको बारागढी गाँउपालिका वडा नं।५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधिश प्रकाश पण्डितको ईजलासले जेलचालानको आदेश दिएको हो । पुर्पक्षका लागी जेलचालान हुनेहर

२०७७ मंसिर २४ बुधबार, बेलुकी ६:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारा जिल्लामा हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश दिएको छ । बाराको बारागढी गाँउपालिका वडा नं।५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधिश प्रकाश पण्डितको ईजलासले जेलचालानको आदेश दिएको हो ।
पुर्पक्षका लागी जेलचालान हुनेहरुमा बारागढी गाँउपालिका वडा ५ का हिरालाल साह,नगिना साह, राजिन्द्र साह, सुरेन्द्र साह, कामेश्वर चौधरी र राजन महतो रहेको सरकारी वकिल कार्यालय बाराका सुब्बा सुलेमान अंसारीले जानकारी दिएका छन् । पीडितकोतर्फबाट जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाले बहस गरेका थिए ।
प्रतिबादी सबै ६ जना गत कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएका थिए । हाजिर भएपछी प्रहरीले आवशयक अनुसन्धान पछी मिसिल सहीत उनीहरुलाई जिल्ला अदादलतमा कारवाहीका लागी पेस गरीएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन ।
२०७६ जेठ ९ गते रौतहट बाट एउटा जन्ती बारागढी गाँउपालिका वडा ५ सिंघासनी गाँउमा गएको थियो । सोहीराती जन्तीहेर्न गएका गोबिन्द साह भोलीपल्ट गाँउनजिकै बाटोछेउमा मृत अवस्थामा फेला परेका थिए।
घटनापछि मृतकका आफन्तले कारागार चालान भएका सबै ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरेका थिए । मुद्दापछि आरोपी सबैजना फरार रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…