आलमका भाईले भने –'घटना लुकाउन जिउँदै मान्छेलाई ईटा भठ्ठामा जलायौं'
२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले मिति सोमबार नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नपा वडा नम्बर ७ बड्की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

२०७७ मंसिर २२ सोमबार, राति ८:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जिउँदो मान्छेहरुलाई ईटा भट्टामा जलाएर मारेको आरोप लागेका पूर्व साँसद मो. अफताब आलमका भाईलाई प्रहरीले पक्राउ गरेको छ ।
आलमका भाई महताब आलमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा उनले घटना लुकाउनको लागि जिउँदै मान्छेहरुलाई भट्टामा जलाएको आरोप स्वीकार गरेको रौतहट प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ प्रहरीले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा आलमका भाईले आरोप स्वीकार गरेको उल्लेख गरिएको छ ।
श्री नारायण सिंह राजपुतको जाहेरीले प्रतिवादी मो. अफताव आलम समेत भएको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा गत २०६४ साल चैत्त २८ गते भएको संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी जित्नको लागि मिति चुनावको पूर्वसँध्यामा चैत्र २७ गते करिब ६ बजेको समयमा बम विस्फोट हुँदा केहीको मृत्यू र केही जना घाईते भएको थियो ।
रौतहटको साविक राजपुर फरदहवा गाविस वडा नं. ४ तथा हाल राजपुर नगरपालिका वडा नम्बर ४ स्थित शेख इद्रिशको गोठ घरमा आलम पक्षका व्यक्तिहरुले विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोटक हुँदा श्री नारायण सिंह राजपुतको छोरा पिन्टु भन्ने त्रीलोक प्रताप सिंह राजपुत समेत १५÷१६ जना घाईते र २÷३ जनाको मृत्यु भएपछि मृतक र घाईतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको ईंटा भट्टामा लगि जलाईएको घट्ना बाहिरिएको थियो ।
सो घटनामा पूर्व साँसद समेत रहेका आरोपित अफताब आलमलाई प्रहरीले पक्राउ गरेपछि घटनाको थप क्लूहरु बाहिर आउन थालेको थियो । सोही घटनाको सम्बन्धमा फरार रहेका प्रतिवादीहरुलाई खोजतलास एवं पक्राउ गर्ने क्रममा वर्ष ५५ को मो. महताव आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले मिति सोमबार नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नपा वडा नम्बर ७ बड्की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा आलमले आफ्नो दाई मो. अफताव आलम (निलम्बीत साँसद) को निर्देशनमा घट्ना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्याक्टरमा राखि ईंटा भट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…