महिलाको पहुँच हरेक निकायसम्म नभए महिला हिँसा अन्त्य हुँदैन : नेतृ महासेठ
कार्यक्रममा महिला अधिकारकर्मी , सुरक्षा निकाय , रेडक्रेसको कर्मचारी , पत्रकार मित्र र स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।

२०७७ मंसिर २१ आइतबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ जुली महासेठले हरेक निकायमा महिलाको पहुँच सहज नभएसम्म महिला हिँसा अन्त्य नहुने बताएकी छन् ।
घरदेखी केन्द्रसम्म हरेक निकायमा महिलाको पहुँच र निर्णय गर्ने अधिकार प्राप्त नहुन्जेल महिला हिंसा अन्त्य नहुने उनले बताईन् ।
नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत रहेकी नेतृ महासेठले आईतबार धनुषाको मिथिला नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उप शाखा ढाल्केबर द्वारा आयोजित “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता , ब्यक्ति , समाज र सबैको एक्यवद्धता” नारालाई व्यवहारिक बनाउन आग्रह गरिन् ।
नगर उप प्रमुख तारा बस्नेत लामाको अध्यक्षता तथा नेतृ महासेठको प्रमुख आतिथ्यमा आयोजित लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि सरोकारवालाहरु माझ १ दिने समिक्षा गोष्ठी कार्यक्रममा नेतृ महासेठले अmभै महिलाको पहुँच हरेक निकायमा सहज नभएको औल्याईन् ।
हामी महिलाले जे पनि गर्न सक्छौ तर मौका , अवसर र वातावरण हुनुपर्छ । सोही नपाएर यस्तो अवस्थामा छौ ” उनले भनन्–ि “देशको सातै प्रदेश मध्ये सबैभन्दा बढी हत्या , हिंसा र आतंक २ नम्बर प्रदेशमा भइरहेको छ।
कार्यक्रममा महिला अधिकारकर्मी , सुरक्षा निकाय , रेडक्रेसको कर्मचारी , पत्रकार मित्र र स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…