सिरहाको माडरबाट ड्रग्स सहित दुई जना पक्राउ
प्रबक्ता आचार्यका अनुसार पक्राउलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको जनाइएको छ ।

२०७७ मंसिर १९ शुक्रबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिरहा स्थित नेपाल भारत बोर्डरको माड़रबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट सशस्त्र प्रहरी बल (बीओपी) माड़रबाट खटीएको सीमा गस्ती टोलीले सिरहाको सिरहा नगरपालिका १७ माड़र स्थित लचका नजिक दशगजा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद रहसुन र कर्जन्हा नगरपालिका वडा नम्बर २ बस्ने २० वर्षीय राकेश कुमार शर्मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रवक्ता नीलकमल आचार्यले जानकारी दिए ।
पक्राउ परेका रहसुन र शर्मा छिमेकी भारतबाट लागुऔषध सहित नेपाल आउने क्रममा द्वयलाई पक्राउ गरेको बताए । पक्राउ परेका साथबाट नाइट्रोभेट नामक लागुऔषध ३ सय पीस टैबलेट (चक्की) बरामद भएको प्रवक्ता आचार्यले बताए ।
प्रबक्ता आचार्यका अनुसार पक्राउलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…