प्रादेशिक अस्पताल जनकपुरको मेसुमा डा. यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निकट मानिने उनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक नियुक्त भएका थिए । तत्कालीन स्वासथ्यमन्त्री यादवले उनलाई निर्देशक नियुक्त गरेका थिए ।

२०७७ मंसिर १९ शुक्रबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर स्थित रहेको प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रमोद यादव नियुक्त भएका छन् ।
वरिष्ठ शल्यचिकित्सक (सर्जन) रहेका डा. यादवलाई प्रादेशिक अस्पतालको मेसुको रुपमा कार्यभार दिइएको हो । यसअघि मेसुको कार्यभार सम्हालेका डा. नागेन्द्र यादवलाई विदाई गर्दै डा. प्रमोद यादवलाई स्वागत गरिएको हो ।
सेवानिवृत भई डा. नागेन्द्र प्रसाद यादवको विदाई भएपछि शुक्रवारदेखि डा. प्रमोद यादव औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निकट मानिने उनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक नियुक्त भएका थिए ।
तत्कालीन स्वासथ्यमन्त्री यादवले उनलाई निर्देशक नियुक्त गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…