इशिका र दीपनारायण विजयी
न्यूज ब्युरो || जनकपुरधाम, २८ माघ । जनकपुरको न्यू लाईफ बोर्डिँग स्कुलको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ब्याडमिन्टन टुर्नामेन्टको उद्घाटन खेलमा इशिका यादव र दीपनारायण यादव विजयी भएका छन् । आजदेखि सुरु भएको टुर्नामेन्टमा प्रदेश नं. २ का साँसद राम अशिष यादवले उद्घाटन गरेपछि औपचारिक रुपमा सुरु

२०७४ माघ २८ आइतबार, दिउँसो ४:११ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
जनकपुरधाम, २८ माघ ।
जनकपुरको न्यू लाईफ बोर्डिँग स्कुलको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ब्याडमिन्टन टुर्नामेन्टको उद्घाटन खेलमा इशिका यादव र दीपनारायण यादव विजयी भएका छन् ।
आजदेखि सुरु भएको टुर्नामेन्टमा प्रदेश नं. २ का साँसद राम अशिष यादवले उद्घाटन गरेपछि औपचारिक रुपमा सुरु भएकोे खेलमा जनकपुरको मिथिला मन्टेश्वरी बोर्डिँग स्कुलकी इशिका यादव र आयोजक विद्यालय न्यू लाईफका दीपनारायण यादव विजयी भएका हुन् ।

पहिलो खेलमा पुरुष तर्फ न्यू लाईफबाट दीपनारायण तथा मिथिला मोन्टेश्वरीबाट ओम कापरी भिडेका थिए भने दोस्रो खेल अन्तर्गत महिला तर्फ मिथिला मन्टेश्वरीबाट इशिका यादव र अक्षर विद्या मन्दिरबाट अल्सीफा कमाल आमुने सामुन्ने भएकी थिइन ।
विजेता दुवै जना सोझो सेटमा विजयी भएको रेफ्री ईन्द्र कुमार यादवले जनाए ।
यादवका अनुसार, पहिलो खेलमा न्यू लाईफले ११-७ तथा दोस्रो खेलमा इशिका ७ - ० ले विजयी हाँसिल गरेको हो ।
टुर्नामेन्ट आगामी फागुन ४ गतेसम्म चल्नेछ भने जनकपुरका विभिन्न नीजि विद्यालयहरुको सहभागी रहेको विद्यालयका प्रिन्सीपल नागमणि शर्माले जनाए ।
म्याचमा पारसमणि शर्मा र श्रवण कुमार साहले लाइन्सम्यानको जिम्मेवारी निर्वाह गर्दै सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…