मन्त्री साहद्वारा शहिद पत्निलाई सरकारी जागिरको नियूक्ति
अमातलाई वडा नं.१ भारदह स्थित भारदह अस्पतालमा सेवाका लागि नियूक्ति

२०७७ मंसिर १३ शनिबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश २ का समाजिक विकास मन्त्रि नवल किशोर साह (रामबाबु) द्वारा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिद पत्निलाई सरकारी सेवाका लागि नियूति–पत्र प्रदान गरेका छन् ।
वि.सं. २०७२ साल असोज १९ गते मधेश जनविद्रोहमा शहादत प्राप्त गरेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ बस्ने बालकृष्ण रायको पत्नि पुष्पादेवी अमातलाई वडा नं.१ भारदह स्थित भारदह अस्पतालमा सेवाका लागि नियूक्ति प्रदान गरिएको छ ।
मधेश सरकारले मधेश आन्दोलनमा शहादत दिएका शहिदहरुको परिवारलाई सरकारी भरणभोषणको जिम्मेवारी उठाउने निर्णय बमोजिम उनलाई अस्पतालमा सरकारी सेवाको लागि नियुक्ती दिएको हो ।
एक अर्को कार्यक्रमबीच मन्त्री साहले अजय समृति कप क्रिक्रेट टुर्नामेन्टका विजेतालाई शनिवार नगद पुरस्कार प्रदान गरेका छन् । हनुमाननगर कंकालिनी नपा- ४ मधवापुरमा भईरहेको क्रिक्रेट टुर्नामेन्टको समापन समारोह विच प्रमुख अतिथिको आसनबाट सो प्रदान गरिएको हो ।
मधवापुरको खेल मैदानमा तपेश्वर यूवा क्रिक्रेट टिम द्वारा आयोजित अजय कप ३, २०७७ कार्तिक २४ गते देखि प्रारम्भ भई सोमवार फाईनल चरणमा आयोजक टिम अर्थात टिवाईसिटि मधवापुर र वारियर्स विराटनगर टिम विच प्रतिस्प्रधा भएको थियो ।
सो मैचमा टस जितेर टिवाईसिटि मधवापुरले ब्याटिङ्ग गर्न सफल भई १७ ओभरमा १०८ रन बनाएर अलआउट भएका थिए । लन्च पश्चात विराटनगरका टिमले १४ ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएर मैचका सिरिज विजेता बन्न सफल भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…