शहरी विकासमन्त्रीसँग मुख्यमन्त्री राउतले भने -'जनकपुरमा ल्याण्डफिल साइट बनाऔं'
भेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश नं. २मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे जानकारी गराए ।

२०७७ मंसिर ११ बिहीबार, बेलुकी ५:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सरकारका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र मुख्यमन्त्री लालबाबु राउत बीच भेटघाट सम्पन्न भएको छ ।
संघीय सरकार शहरी विकास मन्त्रालयबाट प्रदेश नं. २मा जारी विकास निर्माणका कार्यहरुको स्थलगत निरीक्षणको लागि प्रदेश २को भ्रमणका रहेका मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच बिहिबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटघाट सम्पन्न भएको हो ।
भेटको क्रममा मुख्यमन्त्री राउतले विकास निर्माणको कार्यमा एकरुपता ल्याउन तीनै तहका सरकार बीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिए । उनले भने, “विकास निर्माणको काम हामीले गर्ने भनेको यहाँको जनताकै लागी हो , तसर्थ तीनै तहका सरकार बीच समन्वय गरेर अघि बढनु पर्दछ ।’
मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय विकासका साथै जनकपुरधामको लागी ल्याडफिल साइट निर्माणमा सहयोग गर्न संघीय मन्त्री श्रेष्ठलाई आग्रह समेत गरे ।
छलफलको क्रममा संघीय शहरी विकास मन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको सप्तरी देखी पर्सा सम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउदै आफनो मन्त्रालयबाट प्रदेशमा हुने सम्पूर्ण विकास निर्माणको कार्यमा प्रदेश सरकार संघ समन्वय गरेरै अघि बढने बताए ।
भेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश नं. २मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे जानकारी गराए ।
भेटमा बन , उद्योग, पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय, जनता समाजवादी पार्टीका सचेतकद्वय शैलेन्द्र कुमार यादव, परमेश्वर साह, प्रमुख सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु, शहरी विकास मन्त्रालयका पदाधिकारीहरु सहितको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…