बर्दिवासः प्रहरीद्धारा केयौं गोली फायर, एक जनालाई गोली लाग्यो, अवस्था तनावग्रस्त !
गोली उनको तीघ्राको आरपार भएको उपचाररत पिनाकल हस्पिटलका डाक्टर ईश्वर कार्कीले जनाए ।

२०७७ मंसिर ९ मंगलबार, दिउँसो १:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को महोत्तरीको बर्दिवासमा अहिले स्थानीयवासी र प्रहरीबीच झडप भइरहेको छ ।
६ बर्षिय बालिकालाई बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयवासीहरुले पूर्वपश्चिम राजमार्गमै बालिकाको लास राखेर प्रर्दशन गर्दा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ ।
सो क्रममा प्रहरीले करिब डेढ दर्जन गोली फायर गरेको छ । स्थानीयहरुको भीड र प्रदर्शन उग्र भएपछि प्रहरीले गोली चलाएको घटनास्थलमा रहेका हाम्रा सहकर्मी सुरेन्द्र यादवले जनाएका छन् ।
प्रहरीले चलाएको गोली एक स्थानीयलाई लागेको जनाईएको छ । बर्दिवास बस्ने सँजय न्यौपानेलाई गोली लागेको छ । गोली उनको तीघ्राको आरपार भएको उपचाररत पिनाकल हस्पिटलका डाक्टर ईश्वर कार्कीले जनाए ।
उनको उपचार सोही अस्पतालमा अहिले भइरहेको छ भने झडप अझै जारी रहेको छ ।
गत आईतबार साँझ हराएकी ६ बर्षिय बालिका सोमबार मध्यराती बोरामा बाँधिएको र झाडीमा फालिएको अवस्थाम मृत फेला परेकी थिइन । उनलाई बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयहरुले आरोपितको घरमा आगो लगाएका छन् । प्रदर्शन अहिले जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…