जनकपुरः सामुहिक बलात्कारपछि रुखमा फाँसी लगाएर मार्ने प्रयास !
किशोरीलाई बर्दिवास लगेर सामुहिक बलात्कार गरेको र त्यसपछि हत्याको प्रयास

२०७७ मंसिर ९ मंगलबार, बिहान ८:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरको धनुषामा एक किशोरीलाई सामुहिक बलात्कारपछि मार्ने प्रयास भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ स्थित एक १८ बर्षिय किशोरीलाई ३ जना मिलेर सामुहिक बलात्कार गरी मार्ने प्रयास गरेको समाचार आज (मँगलबार) को टुडे एक्सप्रेस दैनिकमा प्रकाशित भएको छ ।
गत मँसिर ३ गते नै नक्टाझिझबाट किशोरीलाई बर्दिवास लगेर सामुहिक बलात्कार गरेको र त्यसपछि हत्याको प्रयास गरिएको थियो । सामुहिक बलात्कारपछि किशोरीलाई घाँटी थिचेर उनकै सलले रुखमा झुण्डाउने प्रयास गर्दै गर्दा स्थानीय एक जनाले देखेपछि उनलाई उद्धार गरेको किशोरीको बयानलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
झुण्डयाउन खोज्दा तथा घाँटी थिच्दा उनी सिकिस्त भएर अहिले जनकपुरको प्रादेशिक अस्पतालको आईसियूमा राखेर उपचार भईरहेको छ । गत मंसीर ३ गते साँझ किशोरीकी मितिनीका देबर राजेश महतोले फोन गररे घर नजिकैको सडकमा बोलाएका थिए । किशोरी गएपछि उनीसहित दुई जनाले मुखमा रुमाल कोचेर बोल्न नदिई बर्दिवास लगेको र त्यहाँ थप एक जना आएर पालैपालो बलात्कार गरको भनेर समाचार टुडे एक्सप्रेसको फ्रन्ट पेजमै समाचार छ ।
बर्दिवासको एक होटलमा आफूलाई लगेर करणी गरेको भएपनि होटलको नाम आफूलाई थाहा नभएको उनले बताएकी छन् । बलात्कार गररे उनीहरूले आफूलाई घर छाड्न मोटरसाइकलमा ल्याइरहेको बखत घटनाबार अरुलाई बताइदिने भन्दा उनीहरूले सडकमै रोकेर आफ्नो घाँटी थिचेर मार्ने प्रयास गरको उनले बताइन् ।
उनकै सल लिएरै त्यसकै पासो बनाएर उनीहरूले मलाई एउटा रुखमा झुण्डयाएको उनको भनाई छ । झुण्डयाएको निलडाम उनको घाँटीमा अहिले पनि देख्न सकिन्छ । आफूलाई झुण्डयाएर उनीहरू भागेको केहि बेरमै गाउँकै एक जनाले आफूलाई देखेपछि उद्वार गरको र घर पु¥याएलगत्तै परिवारजनले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल ल्याएको युवतीले बताइन् ।
आफूलाई झुण्डयाउने क्रममा आफ्नो घाँटीमा लगाएको सुनको सिक्री, कानमा लगाएको सुनकै बाली र मोवाइल समेत उनीहरूले लुटेको युवतीले बताएकी छन् । घट्ना सार्वजनिक भए लगत्तै प्रहरीले घट्नामा संलग्न भएका दुई युवकलाई पक्राउ गरको छ । फरार भएका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न भएका २० बर्षीय शिबचन्द्र कृपाल महतो र १९ बर्षीय सरोज महतोलाई पक्राउ गरिएको छ । उनीहरूबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग शिर्षकमा मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…