टोल–टोलको खेलाडीलाई एकजुट गरी मजबुत टिम निर्माण गरौ : वडाध्यक्ष महतो
डाध्यक्ष महतोले ब्याटिङमा वडासदस्य सुशील यादव बलिङ्ग गरी टुर्नामेन्टको उदघाटन

२०७७ मंसिर ८ सोमबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ५ का वडा अध्यक्ष इन्द्रकुमार महतोले टोल टोलका खेलाडी लाई एकजुट गरि वडामा मजबुत टिम स्थापना गर्नुपर्ने बताएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयबिघामा क्रिकेट प्रीमियर लिग टुर्नामेन्ट प्रतियोगितालाई उदघाटन गर्दै वडाध्यक्ष महतोले छिटफूट भन्दा वडास्तरीयबाट भएपनि खेलाडीहरुलाई विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताए ।
वडाध्यक्ष महतोले ब्याटिङमा वडासदस्य सुशील यादव बलिङ्ग गरी टुर्नामेन्टको उदघाटन गरेका थिए । स्थानीय बजरंग युवा क्लबको अध्यक्ष रामपुकार यादवको अध्यक्षता तथा वडाध्यक्ष महतोको प्रमुख आतिथ्यमा उदघाटन गरिएको प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार ५१ रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत दिनेछ । यस्तै, दोस्रो हुनेलाई १५ हजार ५१ रुपैया दिइने क्लबका अध्यक्ष यादवले बताए ।
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । बेस्ट बलर, बेस्ट ब्याट्सम्यान , म्यानअफ लगायतका विद्यामा पुरस्कार दिनेछ्न ।
कार्यक्रममा वडा सद्स्य सुशील यादव, समाजसेवी श्री कृष्ण यादव, जैसी यादव लगायत बुद्धिजीवी ,शिक्षाप्रेमी खेलाडी र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…