चर्चित कमेडियन भारती सिँह गाँजा काण्डमा पक्राउ
शनिबार एनसिबीले मुम्बईमा ३ ठाउँमा छापामारी गरेको थियो । सो क्रममा भारती र हर्षको घरमा पनि छापामारी गर्दा उनको फ्लैट (डेरा) बाट गाँजा बरामद भएको थियो । त्यसपछि भारती र उनका श्रीमानलाई पनि एनसिबीले समन जारी गरेको थियो ।

२०७७ मंसिर ६ शनिबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतीय टिभी कलाकार भारती सिँह (ललि) र उनका श्रीमान हर्षलाई पक्राउ गरिएको छ ।
लागुऔषध (ड्रग्स) प्रकरणमा एनसिबी (नेरोकोटिक्स कन्ट्रोल ब्यूरो) ले निरन्तर कडाई गरेपछि शनिबार भारतीलाई पक्राउ गरेको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
यसका साथै, भारतीका श्रीमान हर्षसँग समेत सोधपुछ जारी राखिएको छ । हर्ष पनि पक्राउ पर्ने सम्भावना प्रबल देखिएको छ । भारतीतलाई आज रातभरि एनसिबीको कार्यालयमा थुनुवामा राखिने छ भने भोली आईतबार अदालतमा पेश गर्ने बताईएको छ ।
शनिबार एनसिबीले मुम्बईमा ३ ठाउँमा छापामारी गरेको थियो । सो क्रममा भारती र हर्षको घरमा पनि छापामारी गर्दा उनको फ्लैट (डेरा) बाट गाँजा बरामद भएको थियो । त्यसपछि भारती र उनका श्रीमानलाई पनि एनसिबीले समन जारी गरेको थियो ।
शनिबार एनसिबीले गरेको छापामारीको क्रममा एलसिडी, गाँजा ४० ग्राम, नाईट्राजेपाम नामक औषधीको साथै कैयौंं प्रकारको ड्रग्स सहित पक्राउ गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…