धनुषाको माचिमा 'गे छौरी गजबे तोहर हेडलाईट छौ'
अहिलेका किशोर, युवकहरुले युवतिको 'स्तन' लाई हेडलाईट भनेर कोड भाषा प्रयोग गर्छन् ।

२०७७ मंसिर २ मंगलबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नारी सम्मान, नारी शक्तिरुपी हिन्दुहरुको देवी लक्ष्मी पूजाको अवसर पारेर धनुषाको कमला नगरपालिका वडा नं. २ माचि टोल स्थित आयोजना गरिएको ओरकेष्ट्रा प्रोगाममा खुल्लेआम नारीउपरको अभद्रता र अश्लिलता दर्साइए ।
मँगलबार साँझ स्टेजमा भारतबाट आएकी महिला नतर्कीले गरेको नृत्यमा आम सर्वसाधारण पनि केही बेर लाजले भुतुक्क भएको देखियो । सार्वजनिक मँचमा गर्ने गरिएको अश्लिल खाले हर्कत र नृत्यले गाउँस्तरबाट मेला भर्न आएकी किशोरी, युवति, महिलाहरुले लाज महसुस गर्दै हेर्न बाध्य भएको देखियो ।
करिब ५० बर्षदेखि निरन्तर प्रत्येक बर्ष दिपावलीमा आयोजन हुँदै आएको पारम्परिक मेलामा ओरकेष्ट्रा प्रोगामले सधै गाउँलाई क्षति नै क्षति भएपनि समितिले प्रत्येक वर्ष झैं २ देखि ३ रातीसम्म ओरकेष्ट्रा नचाउने गरेका छन् ।
ओरकेष्ट्राको नाममा भोजपुरीमा अश्लिल शब्द प्रयोग गरिएको, मैथिली भाषाको एक नारी (महिला) उपर प्रयोग गरिएको दोहोर अर्थको गीतमा गाउँकै केही किशोरहरु, युवकहरु पनि नाचेको देख्दा गाउँका बुद्धिजीवीहरुले सँस्कृतिउपरको प्रहार भन्दै बन्द गराउन माग गरेको थियो ।
कार्यक्रममा मैथिली भाषाको गीत 'गे छौरी गजबे तोहर हेडलाईट छौ'- (अहिलेका किशोर, युवकहरुले युवतिको स्तनलाई हेडलाईट भनेर कोड भाषा प्रयोग गर्छन् ।) , उठे लागल, सुते लागत, सैया मारे सेजीया पर..., हाथ घुसियाब दे..जस्ता गीतहरुको नृत्यले दर्शकलाई लजाउने पनि गर्ने गरेको छ ।
स्कुले बालबालिका, किशोरीहरुलाई सार्वजनिक मँचमा लक्ष्मी मन्दिरकै अगाडी गरेको त्यस्ता खालेको नृत्यले नाकारात्मक प्रकारको मनोवैज्ञानिक असर पार्ने गाउँका जानकारहरु बताए ।
गाउँस्तरबाट पूजाको नाममा तथा मिथिला मधेशको पारम्पारिक नाचको लागि सर्वसाधारणहरुबाट प्रति घर रु. ५०० का दरले चन्दा उठाएर ओरकेष्ट्रा नचाउने गरेको छ ।
सोमबार राती मात्र ओरकेष्ट्रा कार्यक्रमको दौरान नै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ बस्ने एक किशोरीलाई सामुहिक बलात्कार भएको घटना बाहरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…