पाईला टेक्दै 'बडही समाज धनुषा'
न्यूज ब्युरो || जनकपुरधाम, २७ माघ । नाम मात्रको गठित तथा मागी खाने भाँडोको रुपमा सँचालित बडही समाज सँस्थाले पाईला टेक्न सुरु गरेको छ । बडही शर्मा जातिको छाता सँगठनको रुपमा मानिएको बहडी समाज विगत केही दिनदेखि अनियमित सक्रिय भएका हुन् । बडही समाजलाई नियमित सक्रियताको आवश्यकता भएपनि केही मुखौटाहरुले सँ

२०७४ माघ २७ शनिबार, बेलुकी ५:४१ बजे२ मिनेट पढाइ
न्यूज ब्युरो ||
जनकपुरधाम, २७ माघ ।
नाम मात्रको गठित तथा मागी खाने भाँडोको रुपमा सँचालित बडही समाज सँस्थाले पाईला टेक्न सुरु गरेको छ ।
बडही शर्मा जातिको छाता सँगठनको रुपमा मानिएको बहडी समाज विगत केही दिनदेखि अनियमित सक्रिय भएका हुन् ।
बडही समाजलाई नियमित सक्रियताको आवश्यकता भएपनि केही मुखौटाहरुले सँगठनको नाममा दाम मात्र कमाउने भाँडो बनाएको देखिएको छ ।
जनकपुरमा शनिबार सम्पन्न अन्तरक्रियामा केही विषय वस्तुलाई प्राथमिकतामा राखी बडही समाजाई जीवन्त राख्ने प्रयास स्वरुप छलफल गरिएको छ ।
बडही समाजका धनुषा जिल्ला अध्यक्ष राम विनोद ठाकुरको अध्यक्षता तथा सँगठनका केन्द्रीय अध्यक्ष धनिकलाल ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा महिलालाई समाजिकरण, गरिब तथा असहाय बालबालिकालाई विद्यालय सम्मको यात्रा, आर्थिक क्रान्ती, जातीय सँरक्षण सहित बडहीहरुको मान्यताका कार्य फर्निचर उद्योग तथा कार्यलाई जीवन्त एवम् निरन्तरताको लागि नयाँ कदम चाल्ने बताइएको छ ।
फर्निचर व्यवसायलाई आधुनिकीकरण गर्ने तर्फ सहभागीहरुले जोड दिएका थिए ।
केन्द्रीय अध्यक्ष धनिकलाल ठाकुरले सँगठनका धनुषा शाखाका पूर्व अध्यक्ष राम एकवाल ठाकुरले संगठनबाट खाइ पचाएको १ लाख ५ हजार रुपैयाँको हरहिसाब माग्ने गरी अन्तरक्रिया गर्ने भनिएपनि त्यस्तो गरिएको छैनन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…