निस्याइलो 'जनक-धाम'
यो शान्ति हवन र राख तिनै कुरुपतावादिको नाममा सेलाउने छु । अनि अग्नि देवताको पूजा संगै कुरुपता बनाउन सघाउने कालागि एकिकरणको मन्त्र पढ्ने छु । - धन्य होस् हजुर ..! सायद क्वाटर र खिल्लिको रवाफ नभएको भए महोदय हजुर अहिले घाटमा होईन मिथकीय कथावस्तुलाई समसामयिक विषयमा संवाद खडा गर्नु हुन्थ्यो होला । विश्राम पाउँ । यहाँको

२०७७ कार्तिक १९ बुधबार, दिउँसो ३:४१ बजे५ मिनेट पढाइ

मोबाईलमा एका एक माघव घिमिरेद्वारा लिखित गौरि मर्मस्पर्शी कथा अचानक घन्कियो । सुन्दर वाचन आवाज साच्चिकै ललिपपको रयाल काट्ने आवाज थियो । धुम्तिसहरले घुमाइरहने वस्तुकलाले सर्जित मिथिला कलाले मन्त्रमुग्ध बनाउदै थियो ।
भरखर केहि दिन अगाडि जम्मा एक पाना कालो मसि के ति सेता काजमा सजाएको थिए रहस्यमय शब्दले बारम्बार घच्घच्याइ रह्यो । जस्तै ति कलामा मिथिला मात्र होईन मिथकीय कथावस्तु हराएको छ । घोत्लिए, मन्न गरे, मष्तिस्कमा केहि बेर दवाव दिए , फेरि केहि सोचे अहँ साँच्चि पटक्कै केहि सोचिएन ।
मिथिला रेष्टुरेन्टबाट जानकि मन्दिरको बाटो प्रस्थान गरे । मनमा केहि कुरा खेल्दै थियो । मिथक स्वैरकल्पनाको मस्त निद्रामा थियो । थकित ति सडक केहि बिजुलिको चमकमा रमाई रहेको थिए । कतै बिचका डिभाइडरको साईडमा एक हुल गाईको बास छ भने कतै सहरको रौनक्तालाई ठेला गाडा ले पुर्णत्या बन्देज गरेको छ । मनमा प्रश्नले डाँडो बनाउन लागि सक्दा पनि अँह केहि चित्त बुझ्दो जवाफ भने भेट्टाईन । बाह्रबिघा हुदै दुई खुट्टा जानकी मन्दिर तिर सरल र सहज गतिमा हुई-किदैछ। बाटोमा गाई हेरेर 'जनकको दरबारको बिच सडकमा गाई ?' यिनका सम्रक्षक र संरक्षणको जिम्मेवारी कस्को ? यसबाट घट्ने सडक दुर्घट्ना को जिम्मेवारी कस्को ? उता गौरि कथाले विट मार्न अन्तिम हरफमा थियो । त्यस आवाजलाई विट् मार्दै केहि कुना काप्चामा सेता भित्ता राता भएको तिनै कुना काप्चा दुर्गन्धीत थियो । ति सामान्य समस्यालाई व्यवस्थापकिय जिम्मा कस्को ? कस्ले गर्ने होला ? होस् ! यि प्रश्नहरु निकै कठिन र अप्ठेरो छ । होस्...! केहि दिनको बसाई अझै बाँकि छ । बरु आज राति लाई सजाएको घाटलाई पुर्णतया दिऊ जस्तो लाग्यो । जानकि मन्दिर फिर्दा फिर्दै बाटोमा मोबाइल बज्यो ।
यसो निकाले र नियाले । जागृती को रहेछ । बाटोमै एक टक्क रोकिएर फोन रिसिभ गरे । उताबाट हेलो आवाज सुन्ना साथ एक लभ्य आवाज मिस्सियो । डार्क को तेस्रो सिजन हेर्यौ घर्षे ? अहँ समयको घज्जि उडाएको छु । मर्मस्पर्शी कथा लेखन तथा खोजको लागि कालन्तरमा जनकपुर आएको हुँ । तर अहँ अहिले सम्म मैले सोचेको जस्तो छैन् । यता छैन भन्ना साथ उनले थपिन । तिमि सृजना मरुवा हो । सृजना को सृजना ? कस्तो सृजना... !! उनि "जो सेता कापिमा कहिले कहिँ तिमिले जवर्जस्ति कोर्ने सामिप्यताका शब्दावली । सृपेच पहिरन एकलभ्य । भव्य ।" मैंले केहि सृजना मारेको थिए । एक थान कापिमा थुप्रै लेखलाई अधुरो छाडेको दृश्यावलोकन कर्ता उनै हुन् । प्रतिउत्तर फर्काउन अगाडि मौन भए र ति सादा कागज जसमा मैंले कहिले सोचेको थिए जनकपुरधाम बारे । तर त्यो सरल थिएन मिथक नगरकोटीको हढास थियो । जवरजस्ती लेखनको मज्जा आउँदैन, त्यस्ता लेखनलाई मैंले पुर्णत्या पलुलिस्ट राइटरको नामाकरण गरेको छु । आफै त्यो कर्ममा बढ्न अहँ प्रेरणा आउदैन ।
----***----
"मेरो मौनता लाई चिर्दै उनले भनिन् " ओ मिस्टर मौनतामा पनि कहिले काहि बाडुलि लाग्ने गरेको छ । कि तिमीलाई पनि लाग्यो ? प्रतिउत्तरमा मैंले भने " बाडुली अक्सर सोचमा लाग्छ । शुन्यतामा उभिएको 'म' मा बाडुली ..! हा हा हा ..!" उनले भनिन् तिमि यिनै कुराको घमण्डी छौँ । - कस्तो ? - कस्तो कस्तो ' अक्सर तिमिले रातलाई गम्भीरतापूर्वक नियाल्छौ सायदै त्यो सबै तिमि शुन्यतामा भएर होइन तिमि शुन्यतामा हराउन खाने एक क्वाटर भोड्का र एक डिब्बा खिल्लि ..! "
होला, तर तिम्रो आदर्श प्रतिको आस्थालाई आलोच्य गर्ने अवस्थामा छैन । - म केहि कुरा खोज्दै छु । ति रङ्गिन चित्र भित्रको क्यानभासमा मिथिला चित्रकलामात्र छ कि, मिथकीय स्वैरकल्पना पनि । - ओ..माइ् गड् !! क्यान्भासका रङ्गिन चित्रले तिम्रो रङ्गहिन् चरित्र उजाडि दियो भने । तिम्रो सम्भोगमा कुर्दै गरेका ति काला मसि थोपा थोपा भएर चुहिए भने । काजको मलिन्ता हरायो भने । कस्लाई दोष दिन्छौँ । कालान्तरमा जनकपुरले त्यो त बुझ्दैन् । - खैर सबैले बुझ्ने नै भएको भए मैंले तिमि संग जनकपुरधाममा बसेर कल्पनाको सागरमा डुवेर बात मार्नु पर्दैन थियो होला । कुनै होटलको कुनाको टेवलमा बसेर दुई गिलास चेस् गर्दै, तिम्रो डार्क र मेरो यु सिरिजमै गफिन्थ्यौ होला । - होला होला ..!
सकिदैन तिम्रो वात काट्न । कट्टु सत्य केहि भने तिमिले सन्जुलाई स्वर्णकार बनाऐर छोडेका छौं । उ तिम्रो कलमको पर्खाइमा छ । तिम्रो मायाको खाँचोमा । - बस् "सन्जु" पात्र हो जसले कालन्तरमा जिवनको प्रभाव एकरुपता छैन भन्ने सिकाईन अनि थप उनले मलाई स्वप्नदोषबाट बचाइ राखिन् । मायाको खाँचो त जनकपुरधामलाई छ । यहाँको निस्याइलो चिर्न केहि दिन यहि हुने छु । - कहाँ कुन ठाउमा बास छ महोदय ? - तिमि संग सम्बाद गर्दै म ठिक जानकी मन्दिर हुदै अहिले गंगासागरको डिलमा रहेको स्वर्गद्वारी अगाडि पुग्दै छु । - व्याट ? ( डराउदै ) चिहानको अभिलेखमा पनि केहि अस्तु खोज्दै छौ कि आफ्नै अस्तुको लागि एक अन्जुली राख लिन ? - सरल प्रश्न भने छैन ।
तर रातको यो शुन्यतामा यहाँको कुरुपता लैजान केहि मन्त्र पढ्ने छु हवनको लागि चित् आत्मा संग माफि माग्ने छु । अनि भन्ने छु । यो धाम धाम रहेनछ । यो सहर स्वर्ग रहेनछ । यहाँका कुरुपतावादिको नाउमा एक अन्जुली अस्तु गंगा सम्झि गंगासागरमा सेलाउने छु । अनि कोटि नमन गर्दै यहाँको मौलिकतामा राष्ट्रिय संवाद खडा गर्ने छु । - धन्य होस् ..! महोदय हजुरको । जुन सहरले आफ्नो कुरुपता नियाल्न सकेको छैन त्यही सहरलाई भिष्म पितामहको मन्त्र पढ्ने जमर्को सायदै कसैले गर्छ । (चकित हुदै ) जिवितै मानिसको नाममा राख कस्ले सेलाउँछु ?
म सेलाउँछु । कालान्तरमा जनकपुरले जनक बिर्सिएको दशकौ भयो । सिता र रामको विवाह कि त विवाह पन्चमीमा सम्झन्छन् कि कालान्तरमा कुनै पर्वमा नै । यहाँका कुरुपतावादिले स्वार्थ पूर्तिका लागि मिथिलालाई मघेश र काठमाडौंलाई परदेश बनाएका छन् । हो !
यो शान्ति हवन र राख तिनै कुरुपतावादिको नाममा सेलाउने छु । अनि अग्नि देवताको पूजा संगै कुरुपता बनाउन सघाउने कालागि एकिकरणको मन्त्र पढ्ने छु । - धन्य होस् हजुर ..! सायद क्वाटर र खिल्लिको रवाफ नभएको भए महोदय हजुर अहिले घाटमा होईन मिथकीय कथावस्तुलाई समसामयिक विषयमा संवाद खडा गर्नु हुन्थ्यो होला । विश्राम पाउँ । यहाँको योजनाले पुर्णता पाओस् । यहाँको परदेश अवतरण पछि खबर पाउँ । - पक्कै पनि खवर गर्ने छु तर साच्चै मैले आज न क्वाटर लिएको छु न खिल्लि म त यहाँको अस्तव्यस्ततामा हराएको छु ।
खोजिको कथा: छाडेर घाटमै अस्तु जम्मा पारि गंगासागरमा सेलाउने छु । उता बाट गुडनाइट् को औपचारिक्ता सकाउदै म लागे घाट भित्र ।
लेखक : दिवाकर उप्रेती

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…